YouVersion Logo
Search Icon

यशैया 6

6
यशैयाको नियुक्ति
1उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्‍च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो। 2उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे। 3तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए:
“सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ;
सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”
4तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्‍लिए; अनि मन्दिर धुवाँले भरियो।
5म कराएँ, “धिक्‍कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।”
6तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए। 7तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।”
8तब मैले यसो भन्‍ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?”
तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
9उहाँले भन्‍नुभयो, “जा, र मानिसहरूलाई भन्:
“ ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ;
तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’
10यी मानिसहरूका हृदय कठोर तुल्याइदे;
तिनीहरूका कानहरू मन्द गरिदे;
अनि तिनीहरूका आँखा बन्द गरिदे।
नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्,
र आफ्ना कानहरूले सुन्लान्;
तिनीहरूका हृदयहरूले बुझ्लान्;
अनि फर्कलान् र फेरि निको होलान्।”
11तब मैले भनेँ, “हे प्रभु, कहिलेसम्म?”
तब उहाँले जवाफ दिनुभयो:
“सहरहरू विनाश भएर निर्जन नभएसम्म,
र घरहरू नत्यागिएसम्म;
अनि खेतहरू पूर्ण रूपले नष्‍ट नभएसम्म,
12जबसम्म याहवेहले कुनै पनि मानिसलाई टाढा पठाउनुहुन्‍न,
र देश पूर्ण रूपले त्यागिँदैन।
13अनि देशमा दसौँ भाग छोडिए तापनि
त्यो फेरि उजाड पारिनेछ।
तर जसरी फलाँटको रूख काटिए तापनि
तिनीहरूले ठुटा छोडिराख्छन्,
त्यसरी नै पवित्र बिउचाहिँ देशमा ठुटा हुनेछ।”

Currently Selected:

यशैया 6: NCV

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in