YouVersion Logo
Search Icon

उपदेशक 8

8
1बुद्धिमान् मानिसजस्तो को छ र?
यी कुराहरूको व्याख्या कसले गर्न जान्दछ?
मानिसको बुद्धिले उसको अनुहार उज्यालो बनाइदिन्छ,
र त्यसको कठोर रूप बदलिन्छ।
राजाको आज्ञापालन
2म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ। 3राजाको उपस्थितिबाट गइहाल्न हतार नगर। खराबीको पक्षमा खडा नहोऊ; किनकि तिनले आफूलाई जे गर्न इच्छा लाग्छ, त्यही नै गर्नेछन्। 4राजाको बोली आधिकारिक हुनाले कसले तिनलाई यसरी भन्‍न सक्ला, “हजुर यो के गर्दै हुनुहुन्छ?”
5जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन;
अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्‍नेछ।
6यद्यपि मानिसमाथि धेरै दुःख-कष्‍ट आए तापनि
सबै थोकको उचित समय र उचित प्रक्रिया हुन्छ।
7भविष्यको बारेमा कसैले नजानेको हुनाले;
हुन आउने घटनाको बारेमा कसले उसलाई भन्‍न सक्छ र?
8जसरी कुनै मानिससित हावालाई थाम्ने शक्ति छैन;
त्यसरी नै मृत्युको दिनमाथि#8:8 अथवा मानिसको आत्मा पनि कसैको शक्ति हुँदैन।
जसरी युद्धको समयमा कसैले छुट्टी पाउँदैन;
त्यसरी नै दुष्‍टताले दुष्‍टलाई छोड्दैन।
9सूर्यमुनि गरिने सबै कामलाई विचार गरेर हेर्दा मैले यी सबै देखेँ। यस्तो एक समय हुन्छ, अर्कोमाथि कठोर शासन गर्ने मानिसले आफ्नै हानि गर्छ। 10मैले दुष्‍ट मानिसहरू आदरपूर्वक गाडिएका पनि देखेँ—जो पवित्रस्थानबाट आउने-जाने गर्दथे, र तिनले खराबी गरेकै सहरमा प्रशंसा पाउँदथे; यो पनि अर्थहीन हो।
11जब अपराध कार्यको निम्ति तुरुन्तै दण्ड दिइँदैन, तब मानिसको मन दुष्कर्म गर्ने इच्छाले भरिन्छ। 12यद्यपि एक दुष्‍टले एक सय अपराध गरेर पनि धेरै दिनसम्म बाँचिरहला; तापनि म यो जान्दछु, परमेश्‍वरको भय मान्‍ने र उहाँप्रति श्रद्धा गर्ने मानिसलाई असल नै हुनेछ। 13तर दुष्‍टले परमेश्‍वरको डर नमान्‍ने भएकोले त्यसलाई असल हुनेछैन; र त्यसको आयु बेलुकीको लामो छायाजस्तो हुनेछैन।
14यसबाहेक पृथ्वीमा हुने अर्को अर्थहीन कुरा छ: अधर्मीले पाउनुपर्ने दण्ड धर्मीले पाउँदछ, र धर्मीले पाउनुपर्ने पुरस्कार अधर्मीले पाउँदछ; मैले भनेँ, यो पनि अर्थहीन छ। 15यसैले म जीवनमा आनन्द गर्ने सल्‍लाह दिँदछु, किनकि मानिसलाई सूर्यमुनि खानु, पिउनु र रमाइलो गर्नुभन्दा अरू उत्तम कुरा केही छैन। सूर्यमुनि परमेश्‍वरले जति दिनहरू मानिसलाई दिनुभएको छ, उसको त्यही परिश्रमलाई नै आनन्दले साथ दिनेछ।
16जब मैले आफ्नो बुद्धि जान्‍नमा र पृथ्वीमाथि दिनरात नसुती गरिने मानिसहरूका परिश्रम हेर्नमा मन लगाएँ, 17तब मैले परमेश्‍वरका सारा कार्यहरूलाई देखेँ। सूर्यमुनि के-के हुन्छन्, ती कसैले बुझ्न सक्दैन; तिनको खोजी गर्न जति नै प्रयास गरे तापनि मानिसले तिनको अर्थ पत्ता लगाउन सक्दैन। कुनै बुद्धिमान् मानिसले म जान्दछु भनी दाबी गरे तापनि त्यसले वास्तवमा त्यो बुझेकै हुँदैन।

Currently Selected:

उपदेशक 8: NCV

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in