YouVersion Logo
Search Icon

1 पत्रुस 1:13-22

1 पत्रुस 1:13-22 NCV

यसकारण तिमीहरू आफ्नो मनलाई तयार गर। पूर्ण आत्मनियन्त्रित होओ। तिमीहरूको आशा त्यो अनुग्रहमाथि राख; जो येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूले प्राप्‍त गर्नेछौ। आज्ञाकारी बालबालिकाहरू भएका हुनाले अबोध अवस्थामा हुँदा तिमीहरूसित पहिले भएको दुष्‍ट अभिलाषाअनुरूप नचल; तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ! किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: “पवित्र होओ; किनकि म पवित्र छु।” किनकि तिमीहरू हरेक मानिसको कामलाई निष्पक्ष न्याय गर्ने पितालाई पुकार्दछौ, तिमीहरू यहाँ आफ्नो जीवन परदेशीझैँ भक्तिपूर्ण भयमा बिताओ; किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन, तर दाग र खोट नभएको थुमा, ख्रीष्‍टको बहुमूल्य रगतले छुटकारा पाएका छौ। उहाँ संसारको सृष्‍टिभन्दा अगि छानिनुभएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयमा प्रकट हुनुभयो। उहाँद्वारा तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, जसले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र उहाँको महिमा गर्नुभयो; यसर्थ तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमाथि छ। अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर।

Free Reading Plans and Devotionals related to 1 पत्रुस 1:13-22