भजनसंग्रह 5
5
संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।
1हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
2हे मेरा राजा, हे मेरा परमेश्वर,
मेरो प्रार्थना सुनिदिनु होस्।
3हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
4हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
तिनीहरू तपाईंको आदर गर्दैनन्।
5मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
6जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
7तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
8हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
9ती मानिसहरू सत्य बोल्दैनन्।
तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
Currently Selected:
भजनसंग्रह 5: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International