YouVersion Logo
Search Icon

भजनसंग्रह 135

135
1परमप्रभुको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर!
परमप्रभुको दासहरू हो, उहाँको प्रशंसा गर!
2ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा,
र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर।
3परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ।
उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।
4परमप्रभुले याकूबलाई रोज्नु भयो,
इस्राएल परमप्रभु कै हो।
5म जान्दछु परमप्रभु महान् हुनुहुन्छ!
हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!
6परमप्रभुले चाहेका जे पनि,
आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।
7परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ।
परमेश्वरले बिजुली र बर्षा पठाउनु हुन्छ।
परमेश्वरले हावा ल्याउनुहुन्छ।
8परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू,
अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
9परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो।
परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।
10परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो।
शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।
11परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो।
परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो।
परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।
12परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो।
परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।
13हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ!
हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
14परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो,
तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
15अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए।
तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
16ती मूर्तिहरूका मुखहरू थिए तर बोल्न सक्दैनथे।
ती मूर्तिहरूका आँखाहरू थिए तर देख्न सक्दैनथे।
17ती मूर्तिहरूका कानहरू थिए तर सुन्न सक्दैनथे।
ती मूर्तिहरूका नाकहरू थिए तर सुँघ्न सक्दैनथे।
18तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्।
किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।
19हे इस्राएलको परिवार, परमप्रभुको प्रशंसा गर!
हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
20हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर!
हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!
21सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो,
हे यरूशलेम र उहाँको वास-स्थानबाट।
परमप्रभुको प्रशंसा गर।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in