YouVersion Logo
Search Icon

भजनसंग्रह 107:1-9

भजनसंग्रह 107:1-9 NERV

परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सधैँ रहन्छ। यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो। परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो। परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो। उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो। तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए। तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए। तर तिनीहरूले कुनै शहर भेट्टाएनन्। तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए। त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे। अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो। परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो, जहाँ तिमीहरू बस्न पाउँथे। उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ। परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो। परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।

Video for भजनसंग्रह 107:1-9