YouVersion Logo
Search Icon

मत्तीको सुसमाचार 6:8-13

मत्तीको सुसमाचार 6:8-13 NERV

त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर: ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्, अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्। आज दिनभरिको भोजन हामीलाई दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’