YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 25

25
परमेश्वरप्रति स्तुति-गान
1हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु।
तपाईंले उदेककोकामहरू गर्नुभयो।
धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्।
त्यो त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
2तपाईंले शहर नष्ट पार्नु भयो।
यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो।
तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ।
विदेशी महल नष्ट भयो अब यो कहिल्यै फेरि बनिने छैन्।
3शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्,
दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
4परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ।
यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए,
तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो।
परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति,
तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ।
कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्।
पानी पर्खालको विरोधमा प्रचण्ड बढछ।
तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
5शत्रुहरू चिच्याउँछन् अनि कोलाहल मच्चाउँछन्।
शत्रुले भयानक चुनौतीहरू दिन्छन्।
तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ।
गर्मीको बेला मरुभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ।
त्यस्तै प्रकारले तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ,
भयानक तपाइँले शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।
उहाँका सेवकहरूका निम्ति परमेश्वरको महाभोज
6त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।
7तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ। 8तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।
9त्यसबेला, मानिसहरूले भन्नेछन्,
“उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ,
जसलाई हामीले पर्खिरहेका थियौं।
उहाँ हामीलाई बचाउन आउनु हुनेछ।
हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं।
यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ,
हामी आनन्दित र खुशी हुनेछौं।”
10परमप्रभुको शक्ति यो पर्वतमाथि छ।
अनि मोआब परास्त हुनेछ।
परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ।
यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।
11परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ
जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ।
तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ।
अनि ती चीजहरू फालि दिनुहुनेछ।
12परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू
अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ।
परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in