YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 15

15
मोआबलाई परमेश्वरको सन्देश
1यो मोआब बारे एक दुःखको समाचार होः
एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे।
एउटै रातमा, शहरलाई ध्वंश पारियो।
एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे।
एउटै रातमा शहरलाई ध्वंश पारियो।
2राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए।
नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए।
मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।
3मोआबका चारैतिर घरको दलानहरूमाथि
र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर,
रूँदै कराउँदै हिँडे।
4हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन
तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो।
यति सम्म कि सिपाहीहरू तर्सिए।
सिपाहीहरू डरले थरथर कामिरहेछन्।
5मेरो हृदय मोआबको निम्ति रून्छ।
उसका मानिसहरू सुरक्षाका निम्ति भागे।
तिनीहरू सोअर तर्फ भागे।
तिनीहरू एग्लत शलीशियाह तर्फ भागे।
मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि,
रूदै चिच्याउँदै चढे।
होरोनैमा उक्लिँदा तिनीहरू चिच्याउँदै गए।
6तर निम्रीम खोला मरुभूमि जस्तो सुक्खा छ।
घाँसहरू सुकिहाले,
सारा वनस्पति मरे,
र हरियो भन्ने केही थिएन।
7यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए।
तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।
8मोआबभरि रोएको सुन्न सकिन्छ।
अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्।
9दीमोनको पानी रगतले भरिएकोछ
अनि म अझै दीमोनमा कष्ट ल्याउँछु।
मोआबामा केही मानिसहरू मात्र बाँच्न योग्य शत्रुहरूको हातबाट बाँचे।
तर म तिनीहरूलाई शेष पार्न सिंहहरू पठाउनेछु।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for यशैयाको पुस्तक 15