YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 12

12
परमेश्वरप्रति स्तुति-गान
1त्यस बेला, तिमीहरू भन्नेछौः
“हे परमप्रभु म तपाईंको महिमा गाउँछु!
तपाईं मसित रिसाउनु भएको थियो।
तर अहिले तपाईंको रिस साम्य भएकोछ
अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।
2परमेश्वरले मलाई बचाउनु हुन्छ।
म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्।
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ।
उहाँले मलाई बचाउनु हुन्छ,
अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”
3तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ।
तब तिमीहरू आनन्दित हुनेछौ।
4त्यसपछि तिमीहरू भन्नेछौ,
“परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर!
उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन!
र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
5परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ।
किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ!
परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ।
यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
6हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ!
इस्राएलका परमपवित्र परमेश्वर
तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
त्यसैले आनन्दित होऊ!

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for यशैयाको पुस्तक 12