YouVersion Logo
Search Icon

जकरिया पुस्‍तक परिचय

पुस्‍तक परिचय
जकरियाका पुस्‍तकमा दुई स्‍पष्‍ट भाग छन्:
१) १-८ अध्‍यायहरूमा, जहाँ जकरिया अगमवक्ताले ख्रीष्‍ट पूर्व ५२०-५१८ सम्‍म गरेका ईश्‍वरवाणीहरू छन्। यी विशेषगरी दर्शनका रूपमा छन् र यरूशलेम फेरि बसालिने, मन्‍दिर नयाँ गरी बनाइने, परमेश्‍वरका जनहरू शुद्ध गरिने र परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको मसीही युगबारे बताइएका छन्।
२) ९-१४ अध्‍यायहरूमा अरू सम्‍वादहरूको सङ्कलन छ। जगत्‌मा आउनुहुन्‍छ भनी आशा गरिएका मसीह र अन्‍तको दिनको न्‍यायबारे यस भागमा बताइएको छ।
संक्षिप्‍त विषय-सूची
चेतावनी र आशाको सन्‍देश १:१—८:२३
इस्राएलका छिमेकी राष्‍ट्रहरूमाथि न्‍याय ९:१-८
आउँदा दिनमा हुने सुख-शान्‍ति ९:९—१४:२१

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in