श्रेष्ठगीत 7
7
पुरुष:
1तिमी कस्ती उदेककी तरुणी छौ!
चप्पल लाएका तिम्रा पाउ कति राम्रा छन्।
तिम्रा तिघ्राका गोलाइ
निपुण कारिगरले बनाएको कामझैँ छ।
2तिम्रो नाभि गोलो बटुकोजस्तै छ।
जसमा मसला मिसाएको दाखमद्य कहिल्यै सकिंदैन।
तिम्रो पेट लिली फूलले घेरिराखेको गहुँको रासजस्तै छ।
3तिम्रा स्तन जुम्ल्याहा मृगझैँ,
एक जोर हरिणीझैँ देखिन्छन्।
4तिम्रो गला हस्ति-दाँतको धरहराजस्तै छ,
तिम्रा आँखा हेश्बोनका पोखरीहरूजस्ता छन्,
जुन त्यस महानगरमा मूल-ढोकानिर छन्।
दमस्कसमा पहरा दिने लेबनानको धरहराजस्तो सुन्दर छ।
5तिम्रो शिर कर्मेल पर्वतजस्तै ठाडो छ।
बाटेको तिम्रो केश
असल रेशमी लुगाझैँ चम्केको छ,
त्यसको सुन्दरताले राजालाई मुग्ध पार्न सक्छ।
6तिमी कति राम्री छ्यौ, कति सुन्दरी छ्यौ,
तिम्रो प्रेमबाट कस्तो पूर्ण आनन्द पाइन्छ।
7तिमी खजुरको रूखजस्तै शोभापूर्ण छ्यौ,
तिम्रा स्तन खजुरका झुप्पाझैँ छन्।
8म खजुरको रूखमा चढ्नेछु र त्यसका फल टिप्नेछु।
मेरो निम्ति तिम्रो स्तन दाखको झुप्पाझैँ
र तिम्रो सास स्याउको बासनाझैँ छ।
9तिम्रो ओठ असल दाखमद्यझैँ मीठो छ।
स्त्री:
अब दाखमद्य सोझै मेरा प्रियतमको मुखमा पुगोस्,
उनको ओठ र दाँतका बीचबाट छिरेर जाओस्।
10म मेरा प्रियतमको हुँ,
उनले मेरो तिर्सना गर्छन्।
11आऊ प्रियतम, हामी खेतबारी हुँदो जाऔं
र गाउँमा रात बिताऔं।
12बिहान सबेरै उठेर हामी दाखलाई हेरौंला,
दाखका कोपिला फुटेछन् कि फल फुलेछन् कि भनी खोजौंला
र दारिमका फूल फुल्नेछन् कि भनी हेरौंला
र त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु।
13तिमीले निद्रा दिने दूधे-फलको बासना सुँघौंला
र सबै किसिमका मीठा-मीठा फलहरू ढोकाछेउमा नै हुनेछन्।
प्रियतम, मैले तिम्रो निम्ति, नयाँ र पुराना आनन्दका फलहरू राखेकी छु।
Currently Selected:
श्रेष्ठगीत 7: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.