श्रेष्ठगीत 6
6
स्त्रीहरू:
1हे परमसुन्दरी,
तिम्रा प्रियतम कता गएका छन्?
तिम्रा प्रियतम कुन दिशामा गए, हामीलाई भन
र हामी तिनलाई खोज्न तिमीलाई सहायता गर्नेछौं।
स्त्री:
2मेरा प्रियतम आफ्ना बगैंचामा गएका छन्,
जहाँ बल्साम-रूख उम्रेका छन्।
उनी बगैंचामा भेडा-बाख्रा चराउँदै
लिली-फूलहरू बटुलिरहेका छन्।
3मेरा प्रियतम मेरै हुन्, मचाहिँ उनकी हुँ,
लिली-फूलहरूका बीच उनले आफ्ना भेडा-बाख्रा चराउँदछन्।
पाँचौँ गीत
पुरुष:
4हे मेरी प्रियतमा, तिमी यरूशलेमजस्तै सुन्दरी र तिर्साजस्तै राम्री छ्यौ।
तिमी यी ठूला सहरहरूझैँ मन चम्काउने छ्यौ।
5तिम्रा आँखा मबाट हटाऊ,
तिनले मलाई मोहित पारेका छन्।
गिलादका डाँडामा बाख्राको बथान ओह्रालो उफ्रँदै झरेझैँ
तिम्रो केश नाचिरहेको छ।
6तिम्रा दाँत भर्खरै नुहाएका भेडाहरूझैँ सेता छन्।
ती पूर्ण छन्
र ती सबै खुबै मिलेका छन्।
7घुम्टोभित्र तिम्रा गाला चम्केका छन्।
8राजाले साठी जना रानीहरू, असी जना रखौटीहरू राखून्
र चाहे असङ्ख्य यूवतीहरू होऊन्!
9तर म त एउटैलाई प्रेम गर्छु,
त्यो ढुकुरजस्तै सुन्दरी छ।
त्यो आफ्नी आमाकी एउटै छोरी हो:
आमाकी अति प्रिय छोरी!
सबै स्त्रीहरूले तिनलाई देखेर प्रशंसा गर्छन्,
रानीहरू र रखौटीहरूले तिनको प्रशंसा गाउँछन्।
10घाम उदाएझैँ देखिएको को हो?
तिनी सुन्दरी र चहकिली छिन्,
घाम वा जुनजस्तै चम्किली छिन्।
11बेसीमा नयाँ बोटहरू हेर्न,
दाखका बोटमा नयाँ पात उम्रेका
र अनारका बोटमा फूल फुलेका हेर्न
म हाडे-बदामका रूख भएका बारीमा गएँ।
12म काम्दै छु,
जसरी सारथि लडाइँ गर्न अधीर हुन्छ,
त्यसरी म तिमीलाई प्रेम गर्न अधीर भएको छु।
स्त्रीहरू:
13ए शूलम्मीकी स्त्री, नाच, नाच,
हामी तिमी नाचेकी हेर्नेछौं।
स्त्री:
मलाई हेर्न लहर लागेका मानिसहरूका बीचमा जब म नाच्दछु,
तिमीहरू मलाई हेर्न किन रहर गर्छौ?
Currently Selected:
श्रेष्ठगीत 6: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.