YouVersion Logo
Search Icon

भजनसंग्रह 96

96
परमेश्‍वर सर्वोच्‍च राजा
(१ इतिहास १६:२३-३३)
1परमप्रभुलाई एउटा नयाँ भजन गाओ!
सारा संसारले परमप्रभुको स्‍तुति गाओ!
2परमप्रभुको भजन गाओ र उहाँको प्रशंसा गर,
उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनदिनै सुसमाचार सुनाओ।
3जाति-जातिलाई उहाँको महिमाबारे भन,
उहाँका महान् कार्यहरू सबै मानिसहरूलाई सुनाओ।
4परमप्रभु महान् हुनुहुन्‍छ, उहाँको उच्‍च प्रशंसा हुनुपर्छ,
सबै देवताहरूभन्दा बढ्ता उहाँको आदर हुनुपर्छ।
5अरू सारा देशका देवताहरू मूर्ति मात्र हुन्,
तर परमप्रभुले स्‍वर्ग सृष्‍टि गर्नुभयो।
6महिमा र गौरवले उहाँलाई घेरेका छन्,
शक्ति र सुन्‍दरताले उहाँको मन्‍दिर भरिएको छ।
7 # भजनसंग्रह 29:1,2 पृथ्‍वीका सबै मानिसहरूले परमप्रभुको प्रशंसा गर,
उहाँको गौरव र सामर्थ्‍यको प्रशंसा गर।
8परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर;
भेटी लिएर उहाँको मन्‍दिरमा आओ।
9ती पवित्र परमव्‍यक्ति देखा पर्नुहुँदा उहाँलाई दण्‍डवत् गर,
सारा पृथ्‍वी उहाँको अघि थरथरी होओ।
10सबै जातिहरूलाई भन, “परमप्रभु राजा हुनुहुन्‍छ,
पृथ्‍वी दरिलोसँग त्‍यसको जगमा बसालिएको छ र त्‍यो सार्न सकिंदैन।
उहाँले न्‍यायसँग मानिसहरूको निसाफ गर्नुहुन्‍छ।”
11पृथ्‍वी र आकाशले आनन्‍द मनाओ,
समुद्र र त्‍यहाँका सबै प्राणीहरू गर्जी उठ,
12मैदान र त्‍यहाँ भएका सारा थोकले आनन्‍द मनाओ।
जङ्गलका रूखहरू रमाएर स्‍वर उचाल्‍नेछन्।
13जब परमप्रभु पृथ्‍वीमा राज्‍य गर्न आउनुहुन्‍छ,
न्‍याय र धर्मसाथ उहाँले
संसारका देशहरूमाथि राज्‍य गर्नुहुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 96