YouVersion Logo
Search Icon

भजनसंग्रह 93

93
परमेश्‍वर राजा
1परमप्रभु राजा हुनुहुन्‍छ।
उहाँले शक्ति र गौरव पहिरनुभएको छ।
पृथ्‍वीको जग बलियो बसालिएको छ
र हटाउन सकिंदैन।
2हे परमप्रभु, तपाईंको सिंहासन सुरुदेखि बलियो गरी राखिएको छ,
समय सुरु हुनुभन्दा अघि तपाईं हुनुहुन्‍थ्‍यो।
3हे परमप्रभु! महासागरहरूले गहिराइदेखि स्‍वर उठाउँछन्,
तिनीहरू स्‍वर उचालेर गर्जन्‍छन्।
4परमप्रभुले स्‍वर्गमा सर्वोच्‍च भई राज्‍य गर्नुहुन्‍छ।
महासागरको गर्जनभन्दा ठूलो
र समुद्रका छालभन्दा शक्तिशाली भई उहाँले राज्‍य गर्नुहुन्‍छ।
5हे परमप्रभु! तपाईंका नियमहरू अटल छन्
र तपाईंको मन्‍दिर साँच्‍चै सदाकालको निम्‍ति पवित्र छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in