भजनसंग्रह 92
92
प्रशंसाको भजन
1हे परमप्रभु, सर्वोच्च परमेश्वर, तपाईंलाई धन्यवाद दिनु
र आदर दिएर भजन गाउनु कति असल कुरा छन्!
2-3तारका बाजा बजाएर
अनि वीणाको सूर निकालेर
हरेक बिहान तपाईंको अटुट प्रेमबारे
र हरेक रात तपाईंको विश्वासयोग्यताबारे घोषणा गर्दछु।
4हे परमप्रभु, तपाईंको सामर्थी कामले मलाई आनन्द दिँदछ।
तपाईंले जे गर्नुभयो, त्यसले गर्दा म हर्षले गाउँदछु।
5परमप्रभु, तपाईंका कामहरू कति महान् छन्,
तपाईंका विचारहरू कति गहिरा छन्।
6यो कुरा एउटा मूर्खले जान्न सक्दैन,
एउटा हुस्सुले बुझ्न सक्दैन।
7दुष्ट मानिसहरू झारपातझैँ बढ्न सक्छन्,
दुष्ट काम गर्नेहरूको फलिफाप हुन सक्दछ,
तर तिनीहरू सबै जना पूर्णरूपले नाश भएर जानेछन्
8किनभने परमप्रभु, तपाईं सदाकालको सर्वोच्च हुनुहुन्छ।
9हामी जान्दछौं कि तपाईंका शत्रुहरू मर्नेछन्
र सबै दुष्ट मानिसहरूको हार हुनेछ।
10तपाईंले मलाई जङ्गली गोरुझैँ बलियो बनाउनुभएको छ;
तपाईंले मलाई आशिष्ले प्रसन्न गराउनुहुन्छ।
11मैले आफ्ना शत्रुहरूको हार देखेको छु
र दुष्टहरूको विलाप सुनेको छु।
12धर्मीहरू खजूरका रूखझैँ फैलनेछन्
र लेबनानका देवदारुझैँ बढ्नेछन्।
13तिनीहरू परमप्रभुको भवनमा रोपेका रूखहरूझैँ हुन्छन्,
जो हाम्रा परमेश्वरको मन्दिरमा फैलन्छन्,
14जो सधैँ हरिया-भरिया र बलिया रहन्छन्
र बुढो भएर पनि फल दिन्छन्।
15यसबाट बुझिन्छ कि परमप्रभु न्यायी हुनुहुन्छ
र मेरा रक्षकमा केही दोष छैन।
Currently Selected:
भजनसंग्रह 92: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.