भजनसंग्रह 84
84
परमेश्वरको घरको लागि चाहना
1हे सर्वशक्तिमान् परमप्रभु! म कति तपाईंको मन्दिरलाई प्रेम गर्दछु!
2म त्यहाँ बस्न कति चाहन्छु!
म परमप्रभुको मन्दिरमा बास गर्न अति इच्छा गर्दछु।
मेरो सारा प्राणले जिउँदो परमेश्वरकहाँ
म आनन्दको गीत गाउँदछु।
3भँगेराहरूले पनि गुँड बनाएका छन्,
गौंथलीहरूको पनि आफ्नै घर छ,
तिनीहरूले आफ्ना बच्चाहरूलाई तपाईंका वेदीछेउ राख्छन्,
सर्वशक्तिमान् परमप्रभु मेरा राजा, मेरा परमेश्वर,
4तपाईंको मन्दिरमा बास गरेर
सधैँ तपाईंको महिमा गाउनेहरू कति खुसी छन्।
5तपाईंबाट बल पाउनेहरू
र सियोन पहाडमा जानलाई इच्छुक रहनेहरू कति खुसी छन्।
6तिनीहरू बाकाको बेसीको बीच भएर जाँदा त्यहाँ पानी उम्रनेछ,
शरद् ऋतुको वर्षाले त्यहाँ पोखरीहरू भरिन्छन्।
7तिनीहरू बाटोमा जाँदैगर्दा झन् बलिया हुन्छन्,
तिनीहरूले सियोनमा देवी-देवताहरूका पनि परमेश्वरलाई देख्नेछन्।
8परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्।
हे याकूबका परमेश्वर, मतिर कान थाप्नुहोस्!
9हे परमेश्वर, तपाईंले चुन्नुभएको
हाम्रा राजालाई आशिष् दिनुहोस्।
10अरू कहीँ पनि बिताएका एक हजार दिनभन्दा
तपाईंको मन्दिरमा बिताएको एक दिन असल हो।
दुष्टहरूको घरमा बस्नुभन्दा त
बरु म परमेश्वरको भवनको ढोकामा बस्न रुचाउँदछु।
11परमप्रभु हाम्रा रक्षक र गौरवपूर्ण राजा हुनुहुन्छ।
उहाँले हामीलाई दया र मान गरेर आशिष् दिनुहुन्छ।
उहाँले असल काम गर्नेहरूलाई
कुनै पनि असल कुरो इन्कार गर्नुहुन्न।
12सर्वशक्तिमान् परमप्रभु! तपाईंमा भरोसा राख्नेहरू कति खुसी छन्!
Currently Selected:
भजनसंग्रह 84: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.