भजनसंग्रह 72
72
राजाको लागि प्रार्थना
1हे परमेश्वर! तपाईंको धार्मिकताअनुसार न्याय गर्न राजालाई सिकाउनुहोस्,
आफ्नो न्यायबारे उनलाई पनि सिकाउनुहोस्।
2तब उनले तपाईंका प्रजामाथि न्यायसँग राज्य गर्नेछन्
र सताइएकाहरूमाथि धार्मिकताका साथ शासन गर्नेछन्।
3देशले फलिफापको आनन्द गरोस्
र धार्मिकताको स्वाद चाखोस्।
4राजाले नियमसँग दरिद्रहरूको विचार गरून्,
उहाँले अभावमा परेकाहरूलाई सहायता गरून्
र तिनीहरूलाई सताउनेहरूको हार गराऊन्।
5जबसम्म घाम चम्किन्छ र जूनले ज्योति दिन्छ,
तपाईंका प्रजाले तपाईंलाई पुजून्,
आउने युग-युगसम्म तिनीहरूले तपाईंलाई पुजून्।
6राजा जमिनमा झर्ने झरी होऊन्
र बारीमा पर्ने वर्षाझैँ होऊन्।
7उनको जीवनकालमा धार्मिकता फैलिओस्,
जबसम्म जूनले ज्योति दिन्छ, देशमा फलिफाप होइरहोस्।
8 #
जकरिया 9:10
यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म
एक समुद्रदेखि अर्को समुद्रसम्म उनको राज्य फैलिनेछ।
9मरुभूमिका जातिहरूले उनको सामु दण्डवत् गर्नेछन्,
उनका शत्रुहरू भूइँमा पस्रनेछन्।
10तर्शीश र टाढाका सामुद्रिक किनाराका राजाहरूले उनीकहाँ कर ल्याउनेछन्,
शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढाउनेछन्।
11सबै राजाहरू उनको अघि निहुरनेछन्
सबै जातिहरूले उनको सेवा गर्नेछन्।
12उनलाई पुकार्ने दरिद्रहरूलाई उनले बचाउँछन्,
उनले अभावमा परेकाहरू र हेला गरिएकाहरूको रक्षा गर्छन्।
13कमजोर र गरीबलाई उनले टिठ्याउँछन्,
उनले अभावमा परेकाहरूको प्राण बचाउँछन्।
14उनले सतावट र हिँसादेखि तिनीहरूको रक्षा गर्छन्,
उनको निम्ति तिनीहरूको जीवन बहुमूल्य छन्।
15राजा दीर्घायु होऊन्! शेबा देशका सुन उनले पाऊन्!
सबै समय उनको निम्ति प्रार्थना चढाइयोस्,
उनमाथि सधैँभरि परमेश्वरको आशीर्वाद रहोस्।
16देशमा प्रशस्त अन्न उब्जिओस्,
डाँडाहरू अन्नबालीले भरिऊन्,
ती लेबनानका डाँडाझैँ फलफूलले ढाकिएका होऊन्।
घाँसले ढाकेका मैदानझैँ सहरहरू मानिसले भरिऊन्।
17कसैले कहिल्यै राजाको नाम नभुल,
उनको कीर्ति सूर्यझैँ अटल रहोस्।
सबै जाति-जातिहरूले उनमा परमेश्वरको आशिष् पाऊन्
र तिनीहरूले राजालाई शुभकामना देऊन्।
18इस्राएलका परमेश्वर, परमप्रभुको प्रशंसा गर,
उहाँले मात्र यी उदेकका कामहरू गर्नुहुन्छ।
19उहाँको गौरवपूर्ण नामको सदासर्वदा प्रशंसा गर,
उहाँको महिमाले सारा संसार भरिओस्।
आमेन! आमेन!
20यिशैका छोरा, दाऊदका प्रार्थनाहरू यहाँ सिद्धिन्छन्।
Currently Selected:
भजनसंग्रह 72: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.