भजनसंग्रह 51:1-4
भजनसंग्रह 51:1-4 सरल नेपाली
हे परमेश्वर! तपाईंको अटुट प्रेमको कारण मलाई दया गर्नुहोस्, तपाईंको महान् दयाको कारण मेरा पाप मेटाइदिनुहोस्! मेरो सारा दुष्टतालाई धुनुहोस् र मेरा पापदेखि मलाई शुद्ध पार्नुहोस्! म मेरा दोषहरू मान्दछु, म सधैँ आफ्ना पापहरू थाहा पाउँछु। मैले तपाईंको विरुद्धमा; तपाईंको विरुद्धमा मात्रै; पाप गरेको छु र जे कुरा तपाईंले खराब मान्नुहुन्छ, ती गरेको छु। यसैले तपाईंले मेरो न्याय गर्नुभएको ठीक छ र मलाई दोषी ठहराउनुभएको उचित ठान्दछु।