YouVersion Logo
Search Icon

भजनसंग्रह 113

113
परमप्रभुको भलाइको प्रशंसा
1परमप्रभुको प्रशंसा गर!
परमप्रभुका सेवकहरू हो,
उहाँको नामको प्रशंसा गर!
2अहिले र सधैँभरि उहाँको नामको प्रशंसा होस्।
3सूर्योदयदेखि लिएर सूर्यास्‍तासम्‍म
परमप्रभुको नामको प्रशंसा गर!
4सबै जातिहरूमाथि परमप्रभुले राज्‍य गर्नुहुन्‍छ,
आकाशमाथि उहाँको महिमा छ।
5परमप्रभु हाम्रा परमेश्‍वरजस्‍तो अरू कोही छैन।
उहाँ अति उच्‍च ठाउँमा बास गर्नुहुन्‍छ।
6तर उहाँले आकाश र पृथ्‍वी हेर्न शिर निहुराउनुहुन्‍छ।
7उहाँले अभावमा परेकाहरूलाई तिनीहरूका दु:ख-पीडाबाट
र दरिद्रलाई घुरानबाट उठाउनुहुन्‍छ
8र तिनीहरूलाई राजकुमारहरूका;
आफ्‍नै प्रजाका राजकुमारहरूका साथमा बसाल्‍नुहुन्‍छ।
9बाँझी स्‍त्रीलाई तिनैको घरमा उहाँले आदर दिनुहुन्‍छ।
उहाँले तिनलाई बाल-बच्‍चा दिनुभएर खुसी गराउनुहुन्‍छ।
परमप्रभुको प्रशंसा गर!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 113