YouVersion Logo
Search Icon

भजनसंग्रह 111

111
परमप्रभुको प्रशंसा
1परमप्रभुको प्रशंसा गर!
उहाँका मानिसहरूको सभामा म आफ्‍नो पूरा हृदयले
परमप्रभुलाई धन्‍यवाद चढाउनेछु।
2परमप्रभुले गर्नुभएका कामहरू कति उदेकका छन्!
तीसँग प्रसन्‍न हुनेहरू सबैले ती बुझ्‍न चाहन्‍छन्।
3उहाँले जे गर्नुहुन्‍छ, आदर र गौरवले भरिएका हुन्‍छन्,
उहाँको धार्मिकता अनन्‍त छ।
4परमप्रभुले हामीलाई उहाँका उदेकका कामहरू भुल्‍न दिनुहुन्‍न,
उहाँ दयालु हुनुहुन्‍छ र हामीलाई अनुग्रह गर्नुहुन्‍छ।
5उहाँको आदर गर्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्‍छ,
आफ्‍नो करार उहाँले कहिल्‍यै भुल्‍नुहुन्‍न।
6विदेशीहरूका जमिन आफ्‍ना प्रजालाई दिनुभएर
उहाँले आफ्‍नो शक्ति तिनीहरूलाई देखाउनुभएको छ।
7आफूले गर्नुभएको काममा उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ,
उहाँका सबै आज्ञाहरूमा भर पर्न सकिन्‍छ।
8ती आज्ञाहरू सत्‍यता र धार्मिकतामा
सदाकालको निम्‍ति दिइएका हुन्।
9उहाँले आफ्‍ना प्रजालाई छुटकारा दिनुभयो
र तिनीहरूसँग एउटा अनन्‍त करार बाँध्‍नुभएको छ।
उहाँ पवित्र र सामर्थी हुनुहुन्‍छ!
10 # अय्‍यूब 28:28; हितोपदेश 1:7; 9:10 परमप्रभुलाई आदर दिनु बुद्धिको बाटो लिनु हो।
उहाँले आफ्‍ना आज्ञा मान्‍नेहरूलाई ठीक समझशक्ति दिनुहुन्‍छ।
उहाँको प्रशंसा सधैँभरि हुनुपर्छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 111