YouVersion Logo
Search Icon

भजनसंग्रह 108

108
शत्रुहरूबाट रक्षाको लागि प्रार्थना
(भजनसंग्रह ५७:७-११; ६०:५-१२)
1हे परमेश्‍वर, तपाईंमाथि मेरो पूरा भरोसा छ!
म भजन गाएर तपाईंको प्रशंसा गर्छु!
हे मेरो प्राण, जागी उठ्!
2हे मेरो वीणा र सितार, जाग्!
म घामलाई जगाउनेछु।
3हे परमप्रभु, म जातिहरूका बीचमा तपाईंलाई धन्‍यवाद दिनेछु
र जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्नेछु।
4तपाईंको अटुट प्रेम स्‍वर्गसम्‍म पुग्‍दछ,
तपाईंको विश्‍वासयोग्‍यताले आकाश छुँदछ।
5हे परमेश्‍वर! आफ्‍नो महान्‌ता आकाशमा र सारा संसारमा
आफ्‍नो महिमा देखाउनुहोस्।
6आफ्‍नो सामर्थ्‍यले हामीलाई बचाउनुहोस्,
मेरो प्रार्थनाको उत्तर दिनुहोस्
र तपाईंले प्रेम गर्नुभएका मानिसहरूले उद्धार पाऊन्।
7आफ्‍नो पवित्र स्‍थानदेखि परमेश्‍वरले भन्‍नुभएको छ,
“विजय गरेर म शकेमलाई विभाजन गर्नेछु
र सुक्‍कोतका बेँसी मेरा प्रजाका बीच बाँडिदिनेछु।
8गिलाद मेरो हो, मनश्‍शे पनि मेरो हो,
एफ्राइम मेरो शिरको मुकुट हो
र यहूदा मेरो राजदण्‍ड हो।
9मोआबलाई म हात चुठ्‍ने भाँडो बनाएर चलाउनेछु,
एदोम मेरो हो भन्‍ने चिन्‍ह दिएर म त्‍यसलाई आफ्‍ना जुत्ताले हान्‍नेछु,
पलिश्‍तीहरूमाथि विजय गरेर म उच्‍च स्‍वरले कराउनेछु।”
10हे परमेश्‍वर! कसले मलाई पर्खालले घेरेका सहरमा पुर्‍याउला?
कसले मलाई एदोममा पुर्‍याउला?
11के साँच्‍चै तपाईंले हामीलाई इन्‍कार गर्नुभयो?
के तपाईं हाम्रा सेनाहरूसँग हिँड्‍नुहुन्‍न?
12शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्,
मानिसको सहायता व्‍यर्थ छ।
13परमेश्‍वर हामीतर्फ हुनुभएकोले हामी जित्‍नेछौं,
उहाँले हाम्रा शत्रुहरूको हार गराउनुहुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 108