भजनसंग्रह 1:1-4
भजनसंग्रह 1:1-4 सरल नेपाली
त्यो मानिस सुखी रहन्छ, जो दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको चालमा चल्दैन वा परमेश्वर नमान्नेहरूको साथ दिँदैन। तर परमप्रभुको व्यवस्था मान्नलाई खुसी हुन्छ र रात-दिन त्यसको अध्ययन गर्छ, त्यो खोलाका छेउमा उम्रेको ठीक समयमा आफ्नो फल दिने र पात पनि नओइलिने रूखजस्तो हुन्छ। त्यसले जुन कुरामा हात लाउँछ, त्यसमा सफल हुन्छ। तर दुष्ट मानिसहरू भने त्यस्ता हुँदैनन्, तिनीहरू त हावाले उडाइलैजाने भुसजस्ता हुन्छन्।