YouVersion Logo
Search Icon

हितोपदेश 23

23
1ठूला मानिससित भोजमा बस्‍दा तिमी कसको साथमा छौ, त्‍यो याद राख। 2खानमा लोभी छौ भने होशियारसित खाओ। 3तिनले दिएको मीठा भोजनको लोभ नगर। त्‍यसमा केही छल हुन सक्‍छ।
4धनी बन्‍नलाई साह्रै नघोटिओ, बुद्धिमानी भई त्‍यसो गर्न छोड। 5एकछिनमा तिम्रो धन जान सक्‍छ, चिल उडेझैँ त्‍यसको पखेटा लाग्‍न सक्‍छ।
6कन्‍जुस मानिसकहाँ भोज खान नजाओ, त्‍यसले दिएको मीठो भोजनको लोभ नगर। 7त्‍यसले “खाऊ, अझ लेऊ त,” भन्‍छ तर त्‍यो भनेको मात्र हो, त्‍यसको अर्थ त अर्कै हुन्‍छ। त्‍यसको जस्‍तो सोच छ, त्‍यस्‍तै त्‍यो कन्‍जुस हुन्‍छ। 8तिमीले खाएको बान्‍ता हुनेछ र तिम्रो तारिफ खेर जानेछ।
9मूर्खलाई बुद्धिका कुरा नभन, त्‍यसले त्‍यसको कदर गर्न सक्‍दैन।
१०
10पुरानो साँध-सिमाना नसार। टुहुरा-टुहुरीहरूका जमिन नमिच। 11परमप्रभु तिनीहरूका शक्तिशाली रक्षक हुनुहुन्‍छ र उहाँले तिम्रो विरुद्ध तिनीहरूको मुद्दामा बहस गर्नुहुनेछ।
११
12तिम्रा गुरुको अर्तीमा ध्‍यान देओ र तिनीबाट सकेसम्‍म ज्ञान लेओ।
१२
13बालकहरूलाई अनुशासन गर्न आनाकानी नगर। उचित दण्‍डले तिनीहरू मर्दैनन्। 14वास्‍तवमा त्‍यस्‍तो अनुशासनले तिनीहरूको प्राणको रक्षा गर्छ।
१३
15ए छोरो, तँ बुद्धिमान् भए म औधी प्रसन्‍न हुनेछु। 16तैँले बुद्धिका कुराहरू गर्दा म गर्व गर्नेछु।
१४
17पापीहरूको ईर्ष्‍या नगर तर आफ्‍नो जीवनमा परमप्रभुलाई आदर दिनु आफ्‍नो लक्ष बनाओ।
18त्‍यसो भए तिम्रो भविष्‍य उज्‍यालो हुनेछ।
१५
19ए मेरो छोरो सुन्, बुद्धिमान् भई मैले आफ्‍नो जीवन कुन प्रकारले बिताउँदै छु भनी खुब राम्ररी सोच्। 20जँड्याहा वा घिचुवा मानिससित सम्‍बन्‍ध नराख। 21जँड्याहा र घिचुवा गरीब हुनेछन्‌। तिमी खाने र सुत्‍ने मात्र गर्छौ भने छिटै झुम्रो लाएर हिँड्‍नेछौ।
१६
22बुबाका कुरा सुन, जसले तिमीलाई जीवन दिए। तिम्री आमा बुढी हुँदा उनको गुण मान।
23सत्‍य, बुद्धि, ज्ञान र समझशक्ति किन, ती किन्‍ने लायकका बस्‍तु हुन्; तर तिनलाई नबेच।
24धर्मी मानिसका बुबा रमाउनेछन्। बुद्धिमान् छोरामा गर्व गर्न सकिन्‍छ।
25आफ्‍ना आमा-बुबालाई गर्व गर्ने कारण बन, आफ्‍नी आमालाई त्‍यसमा रमाहट गर्न देऊ।
१७
26ए छोरो, राम्ररी ध्‍यान दे, मेरो जीवन तेरो निम्‍ति नमुना बनोस्। 27वेश्‍या र भ्रष्‍ट स्‍त्रीहरू प्राणघातक खाडल हुन्। 28तिनीहरूले डाँकुझैँ ढुकिबस्‍छन् र धेरै पुरुषहरूलाई भ्रष्‍ट पार्छन्।
१८
29-30जँड्याहा र नयाँ मद्य नचाखिनहुने मानिस दु:खी, उदास, सधैँ झगडालु र दोष दिने बानी भएको हुन्‍छ। त्‍यसका आँखा राता-राता र शरीरमा टार्न सकिने स-साना चोट लागेका हुन्‍छन्।
31कडा रातो मद्यले तिमीलाई नलोभ्‍याओस्। त्‍यस्‍तो मद्य कचौरामा टिलिक्‍क चम्‍कने र घाँटीबाट सुलुक्‍क पेटमा उत्रने खालको हुन्‍छ तर त्‍यसको लोभ नगर। 32भोलिपल्‍ट बिहान तिमीलाई विषालु साँपले डसेझैँ लाग्‍नेछ। 33आँखाका अघि अचम्‍म-अचम्‍मका दृश्‍यहरू देख्‍नेछौ र तिम्रो सोच र बोली लरबराउनेछ। 34समुद्रमा छालले तलमाथि हुँदै हुत्‍याइएको बेला बेसञ्‍चो भएको यात्रीझैँ तिमीलाई आफू समुद्र यात्रामा गएजस्‍तो लाग्‍नेछ। 35तिमी यसो भन्‍नेछौ, “मलाई कसैले हिर्काएछ, कसले हिर्कायो, मलाई थाहा छैन। म किन उठ्‍न सक्‍दिनँ? फेरि मैले मद्य नपिई हुँदैन।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in