हितोपदेश 22
22
1धेरै धन-सम्पत्ति र सुनाममध्ये एक चुन्नुपरे सुनामचाहिँ चुन। इज्जत पाउनु सुन र चाँदीभन्दा उत्तम हो।
2धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो।
3समझदार मानिसहरू कष्ट आउँदैगरेको देखेर जोगिन्छन् तर सोच नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र त्यसले पछि पछुताउ गर्छ।
4परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्जत र लामो आयु पाउनेछौ।
5आफ्नो प्राणको माया छ भने दुष्टको मार्गमा हुने पासोहरूबाट तर्केर हिँड।
6बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्यही बाटोमा हिँड्नेछन्।
7गरीबहरू धनीको दास बन्दछन्, ऋण लिने ऋण दिनेको दास बन्दछ।
8अन्यायको बिउ छर्नेले विनाश बटुल्छ र अरूहरूमाथि त्यसले गरेको अत्याचार बन्द हुँदछ।
9दानी भई दरिद्रसित आफ्नो खानेकुरा बाँडेर खाओ, तिमीले आशिष् पाउनेछौ।
10अहङ्कारीलाई हटाइदेओ र वादविवाद, झगडा र गाली गराइ हराउनेछ।
11स्वच्छ हृदय र कोमल बोली प्रेम गर्ने मानिसले राजाको मित्रता प्राप्त गर्दछ।
12झूटाहरूको बोलीलाई झूटो ठहर्याएर परमप्रभुले साँचो वचनको रक्षा गर्नुहुन्छ।
13अल्छीले बाटोमा मेरो हत्या हुन्छ वा मलाई सिंहले मार्छ भनेर घरैमा बसिरहन्छ।
14व्यभिचार एउटा पासो हो, जोसित परमप्रभु रिसाउनुभएको छ, तिनीहरू त्यहाँ पर्छन्।
15बाल-बालिकाहरू स्वभावले नै मूर्ख र बेहोशियार काम गर्छन् तर पिटाइ दिए कस्तो व्यवहार हुनुपर्छ, त्यो तिनीहरूले सिक्नेछन्।
16धनीलाई कोसेली चढाउने र आफू धनी हुनलाई गरीबलाई सताउने आफैं गरीब हुन्छ।
तीस वटा बुद्धिका उखानहरू
17सुन, बुद्धिमान् मानिसहरूले कस्तो भनेका छन्, म तिमीहरूलाई सिकाउनेछु। तिनीहरूका शिक्षा अध्ययन गर। 18ती सम्झना गर्दा र मुखस्त भन्न सक्दा तिमीलाई आनन्द हुनेछ। 19म चाहन्छु कि तिमीले परमप्रभुमा भरोसा राख। त्यसैकारण म ती शिक्षा तिमीलाई दिनेछु। 20मैले तीस वटा उखानहरू लेखेको छु। तिनमा ज्ञान र असल सल्लाहका कुराहरू छन्। 21तिनले तिमीलाई साँच्चै नै सत्य के हो, सिकाउनेछन्। तब कसैले ती खोज्न पठाए, तिमीले ठीक उत्तर दिन सक्नेछौ।
१
22सक्छौ भन्दैमा दरिद्रबाट अनुचित फाइदा नलेओ। अदालतमा असहाय हुनेहरूबाट अनुचित फाइदा नउठाओ। 23परमप्रभुले तिनीहरूको मुद्दा बहस गर्नुहुनेछ र तिनीहरूको जीविका लुट्नेहरूलाई पनि उहाँले लुट्नुहुनेछ।
२
24चर्को रिस हुने मानिससित मित्रता नगर। 25तिम्रो पनि त्यस्तै आदत होला र आफैंलाई पासोमा पारौला।
३
26अर्काको ऋणमा जमानी नबस। 27तिमीले त्यो ऋण तिरिदिन सकेनौ भने तिम्रो सुत्ने ओछ्यानसमेत उठाई लगिनेछ।
४
28तिम्रा पुर्खाले राखेका पुरानो साँध-सिमाना नहटाओ।
५
29मलाई एउटा असल कर्मचारी देखाइदेओ र म तिमीलाई साधारण मानिसहरूभन्दा असल राजाहरूका सेवा गर्ने लायक मानिस देखाइदिनेछु।
Currently Selected:
हितोपदेश 22: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: