फिलिप्पी 4:7-9
फिलिप्पी 4:7-9 सरल नेपाली
परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ। आखिरमा दाजुभाइहरू, तिमी सत्य, असल, ठीक, स्वच्छ, सुन्दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ। मैले भनेको तिमीहरूले सुनेका र देखेका छौ। तिमीहरूले मबाट सिकेको र पाएको शिक्षाहरू नै पालन गर्ने गर अनि शान्ति दिने परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।