फिलिप्पी 4:5-9
फिलिप्पी 4:5-9 सरल नेपाली
तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ। केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ। परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ। आखिरमा दाजुभाइहरू, तिमी सत्य, असल, ठीक, स्वच्छ, सुन्दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ। मैले भनेको तिमीहरूले सुनेका र देखेका छौ। तिमीहरूले मबाट सिकेको र पाएको शिक्षाहरू नै पालन गर्ने गर अनि शान्ति दिने परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।