YouVersion Logo
Search Icon

फिलिप्पी 2:3-8

फिलिप्पी 2:3-8 सरल नेपाली

आफ्‍नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्‍डको निम्‍ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्‍झ। आफ्‍नै मात्र होइन, अरूको पनि विचार गर। तिमीहरूको व्‍यवहार येशू ख्रीष्‍टको जस्‍तै होस्। उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो। तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो। उहाँले नम्र भएर मृत्‍युसम्‍म, क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो।