फिलिप्पी 2:2-4
फिलिप्पी 2:2-4 सरल नेपाली
त्यसो हो भने मलाई खुसी पार्न तिमीहरू एउटै विचार भएका, एउटै प्रेममा रहेका र एउटै चित्त भएका होओ भनी म तिमीहरूलाई बिन्ती गर्छु। आफ्नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्डको निम्ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्झ। आफ्नै मात्र होइन, अरूको पनि विचार गर।