मत्ती 7:24-28
मत्ती 7:24-28 सरल नेपाली
“साँच्चै, मैले भनेका यी कुरा सुनेर मान्नेचाहिँ आफ्नो घर ढुङ्गाको बलियो जगमाथि बनाउने बुद्धिमान् मानिसजस्तै हुन्छ। घर बनाएपछि बाढी आयो, हुरी चल्यो, तर जग बलियो भएकोले घर ढलेन। तर मैले भनेका कुरा सुनेर पनि नमान्नेचाहिँ बालुवामाथि घर बनाउने मूर्ख मानिसजस्तै हुन्छ। घर बनाएपछि पानी पर्यो, बाढी आयो, हुरी चल्यो अनि त्यसको घर ढलेर भताभुङ्गै भयो।” येशूले चेलाहरूलाई यसरी शिक्षा दिनुभएको सुनेर मानिसहरू छक्कै परे