मत्ती 6:2-4
मत्ती 6:2-4 सरल नेपाली
“जस्तै, तिमीले कसैलाई केही दिँदा झ्याली नपिट। यस्तो त कपटीहरूले पो मानिसबाट प्रशंसा पाउन सभाघर र बाटाहुँदो गर्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्। त्यसैले कसैलाई दिँदा तिम्रो दाहिने हातले दिएको देब्रे हातले समेत थाहा नपाओस्। दिँदा सुटुक्क देओ अनि सुटुक्क दिँदा देख्नुहुने परमेश्वर पिताले तिमीलाई इनाम दिनुहुनेछ।