YouVersion Logo
Search Icon

यूहन्‍ना 15:4-11

यूहन्‍ना 15:4-11 सरल नेपाली

तिमीहरू ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी हाँगाले बोटमा नरहीकन फल फलाउन सक्‍दैन, त्‍यसरी नै तिमीहरूले पनि ममा नरही फल फलाउन सक्‍दैनौ। “अङ्‌गुरको बोट म नै हुँ र तिमीहरूचाहिँ मेरा हाँगाहरू हौ। जो ममा रहन्‍छ, म पनि उसमा रहन्‍छु र यसरी उसले धेरै फल फलाउँछ। मबिना तिमीहरूले केही पनि गर्न सक्‍दैनौ। ममा नरहने जतिलाई चाहिँ काटिएको हाँगाजस्‍तै गरी फालिनेछ र त्‍यो सुक्‍नेछ अनि त्‍यसलाई बटुलेर आगोमा हालिनेछ। यदि तिमीहरू ममा रह्यौ र मैले भनेका वचनहरू पनि तिमीहरूमा रहे भने तिमीहरूले चाहेका कुरा माग्‍दा पाउनेछौ। धेरै फल फलाएर तिमीहरूले मेरा पितालाई महिमा दिनेछौ र तिमीहरू मेरा चेलाहरू हुनेछौ। “जसरी मेरा पिताले मलाई प्रेम गर्नुहुन्‍छ, त्‍यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्‍छु। त्‍यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्‍यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ। मेरो आनन्‍द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्‍द पूरा होस् भनेर नै मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ।

Free Reading Plans and Devotionals related to यूहन्‍ना 15:4-11