यर्मिया 11:3-4
यर्मिया 11:3-4 सरल नेपाली
यस करारका शर्तहरू पालन नगर्ने हरेकलाई म परमप्रभु इस्राएलका परमेश्वर सराप दिंदछु। यो करार मैले तिनीहरूका पिता-पुर्खाहरूसित त्यस बेला बाँधेको थिएँ, जब मैले तिनीहरूलाई आगो दन्केको भट्टीजस्तो मिश्रदेशबाट निकाली ल्याएको थिएँ। मैले तिनीहरूलाई मेरा आज्ञापालन गर्नू र तीअनुसार सबै काम गर्नू भनेको थिएँ। मेरा आज्ञा पालन गरे तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु भनी मैले तिनीहरूलाई भनेको थिएँ।




