YouVersion Logo
Search Icon

यर्मिया 1

1
यर्मिया
1बेन्‍यामीनी मुलुकको अनातोत सहरका एक जना पूजाहारी हिल्‍कियाहको छोरो यर्मियाले भनेका कुरा यस पुस्‍तकमा छन्। 2#२ राजा 22:3—23:27; २ इतिहास 34:8—35:19अमोनका छोरा योशियाह यहूदाका राजा भएको तेह्रौँ वर्षमा यर्मियासित परमप्रभु बोल्‍नुभयो। 3#२ राजा 23:36—24:7; २ इतिहास 36:5-8; २ राजा 24:18—25:21; २ इतिहास 36:11-21योशियाहका छोरा यहोयाकीम राजा हुँदा परमप्रभु तिनीसित फेरि बोल्‍नुभयो। त्‍यसपछि योशियाहका छोरा सिदकियाह राजा भएको एघारौँ वर्षसम्‍मै परमप्रभु तिनीहरूसित धेरै पल्‍ट बोलिरहनुभयो। त्‍यस वर्षको पाँचौँ महिनामा यरूशलेमका मानिसहरू कैद गरी मुलुकबाहिर लगिएका थिए।
यर्मियाको बोलावट
4परमप्रभुले मलाई भन्‍नुभयो, 5“मैले तँलाई तेरी आमाको कोखमा सृष्‍टि गर्नुभन्दा अघि नै रोजेको थिएँ र तँ जन्‍मनुअघि नै जाति-जातिहरूलाई अगमवाणी सुनाउन अलग गरेको थिएँ।”
6मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।”
7तर परमप्रभुले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्‌ तर जुन मानिसहरूबीच म तँलाई पठाउँदछु, तिनीहरूकहाँ जा र म तँलाई जे आज्ञा गर्दछु, ती तिनीहरूलाई सुना। 8तिनीहरूसित नडरा किनभने म तेरो रक्षा गर्न तँसित हुनेछु। म परमप्रभु बोलेको छु!”
9त्‍यसपछि परमप्रभुले हात पसार्नुभएर मेरो ओठ छुनुभयो र मलाई भन्‍नुभयो, “सुन्, तैँले बोल्‍नुपर्ने वचन म तँलाई दिन्‍छु। 10आज म तँलाई जाति-जाति र राज्‍य-राज्‍यमाथि तिनीहरूलाई उखेल्‍ने, ढाल्‍ने, नाश गर्ने वा भताभुङ्ग पार्ने, बनाउने र स्‍थापित गर्ने अधिकार दिन्‍छु।”
दुई दर्शनहरू
11परमप्रभुले मलाई सोध्‍नुभयो, “ए यर्मिया, तैँले के देख्‍दैछस्?”
मैले जवाफ दिएँ, “हाडे-बदामको रूखको एउटा हाँगा देख्‍छु।”
12परमप्रभुले मलाई भन्‍नुभयो, “तैँले ठीक देखिस्, कारण मेरो वचन पूरा भएको हेर्नलाई म पर्खिरहेको छु।”
13परमप्रभुले मलाई फेरि भन्‍नुभयो, “अरू के देख्‍छस् नि?”
मैले जवाफ दिएँ, “उत्तर दिशामा म एउटा भाँडो उम्‍लिरहेको देख्‍छु र त्‍यो यतापट्टितिर ढल्‍न आँटेको छ।”
14उहाँले मलाई भन्‍नुभयो, “उत्तरबाट नै विनाश उम्‍लिएर यस देशका बासिन्‍दाहरूमाथि आइपर्नेछ 15किनभने म उत्तरका सबै जातिहरूलाई बोलाउँदै छु। तिनीहरूका राजाहरूले आ-आफ्‍ना सिंहासन यरूशलेमका मूल-ढोकाहरूमा र पर्खालका चारैपट्टि र यहूदाका अरू सबै सहरहरूका चारैतिर पनि बसाल्‍नेछन्। 16म आफ्‍नो प्रजालाई दण्‍ड दिनेछु किनभने तिनीहरूले पाप गरेका छन्, मलाई त्‍यागेका छन्, अरू देवी-देवताहरूलाई धूप बालेका छन् र मूर्तिहरू बनाएर तिनीहरूको पूजा गरेका छन्। 17यर्मिया, तयार हो, गएर मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई सुना। अब तिनीहरूसित नडरा। नत्र म तँलाई तिनीहरूका सामु अझ बढी डराउने बनाउनेछु। 18ए यर्मिया, सुन्! यस देशका सबै जना, यहूदाका राजा, भारदार, पूजाहारी र मानिसहरू तेरो विरुद्धमा खडा हुनेछन्। तर आज तिनीहरूको सामना गर्ने शक्ति म तँलाई दिंदैछु। एउटा किल्‍लाले सुरक्षित गरिएको सहरजस्‍तो, फलामको खामो र काँसाको पर्खालजस्‍तो म तँलाई बलियो बनाउनेछु। 19तिनीहरू तेरो विरुद्ध लड्‍नेछन् तर तँमाथि विजय गर्नेछैनन् किनभने तेरो रक्षा गर्नलाई म तँसित हुनेछु। म, परमप्रभु बोलेको छु।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in