याकूब 5:15-18
याकूब 5:15-18 सरल नेपाली
विश्वाससँग गरेको प्रार्थनाले बिरामी निको हुन्छ अनि प्रभुले उसलाई बिसेक पार्नुहुन्छ। उसले पाप गरेको छ भने क्षमा पाउनेछ। निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्छ र यसले ठूलो काम गर्न सक्छ। एलिया पनि हामीजस्तै मानिस थिए। तीन वर्ष छ महिनासम्म वर्षा नहोस् भनी उनले प्रार्थना गर्दा पानी परेन। फेरि उनले प्रार्थना गरे अनि पानी पर्यो, पृथ्वी हराभरा भयो।