यशैया 44
44
परमप्रभु एक मात्र परमेश्वर
1परमप्रभु भन्नुहुन्छ,
“हे इस्राएल, मेरो सेवक
र मैले रोजेको प्रजा, याकूबको सन्तान, अब सुन्।
2तँलाई सृजना गर्ने परमप्रभु म हुँ,
तँ जन्मेको समयदेखि मैले तँलाई सहायता गरेको छु।
नडरा, तँ मेरो सेवक होस्,
मैले चुनेको प्रजा, जसलाई म माया गर्दछु।
3“तिर्खाएको जमिनलाई म पानी दिनेछु
र सुख्खा जमिनमा खोलाहरू बहाउनेछु।
म तेरा सन्तानमाथि मेरा आशीर्वाद र तेरा छोरा-छोरीहरूमाथि मेरो आत्मा खन्याइदिनेछु।
4तिनीहरू राम्ररी पानी पाएका घाँसझैँ,
खोलाको नजिक उम्रेका लहरे-पीपलजस्ता सप्रनेछन्!
5“एक-एक गरी मानिसहरूले भन्नेछन्:
‘म परमप्रभुको हुँ।’
तिनीहरू इस्राएलका मानिसहरूसित मिल्न आउनेछन्।
प्रत्येकले आफ्नो बाहुमा परमप्रभुको नामको चिन्ह लाउनेछ
र आफैंलाई इस्राएल भनी नाम राख्नेछ।”
6 #
यशैया 48:12; प्रकाश 1:17; 2:8; 22:13 परमप्रभु, जसले इस्राएलमा राज्य गरेर त्यसको रक्षा गर्नुहुन्छ, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ,
“म पहिलो र पछिल्लो एक मात्र परमेश्वर हुँ,
मबाहेक अर्को कुनै परमेश्वर छैन।
7के मैले गरेजस्तो अरू कसले गर्न सक्यो?
समयको सुरुदेखि अन्तसम्म के-के हुन्छन्, ती सबै कसले अघिबाट बताउन सक्यो?
8हे मेरो प्रजा, नडरा! तँ जान्दछस्
कि उहिलेदेखि अहिलेसम्म के-के हुन्छन्, ती मैले अघिबाटै बताइदिएको छु
र तिमीहरू मेरा साक्षीहरू हौ।
के मबाहेक अरू कोही परमेश्वर छ र?
अँहँ, मैले जानेको अरू कुनै शक्तिमान् चट्टान छैन।”
मूर्तिहरू केही होइनन्
9मूर्ति बनाउनेहरू सबै जना व्यर्थका हुन् र तिनीहरूले धेरै दामी ठानेका देवी-देवताहरू बेकम्मा छन्। ती देवी-देवताहरू पुज्ने मानिसहरू अन्धा र ज्ञान नभएकाहरू हुन्। तिनीहरूको अपमान हुनेछ। 10देवी-देवता भनी पूजा गर्न धातुका मूर्ति बनाउनुमा केही लाभ छैन! 11जसले त्यसको पूजा गर्नेछ, त्यो होचो पारिनेछ। मूर्ति बनाउनेहरू मानिस मात्र हुन्, त्योभन्दा बढ्ता तिनीहरू केही होइनन्। तिनीहरू आऊन् र जाँचमा खडा होऊन्। तिनीहरू भयभीत हुनेछन् र तिनीहरूको अपमान हुनेछ।
12लोहारले एक टुक्रा धातु लिएर त्यसलाई आगोमा हालेर गलाउँछ। धातुलाई आकार दिन त्यसको बलियो पाखुराले मार्तोल चलाउँछ। काम गर्दा-गर्दा त्यसलाई भोक, तिर्खा र थकाइ लाग्छ।
13सिकर्मीले काठ नाप्दछ, त्यसमा खरीले आकार कोर्छ र आफ्नो हतियारले त्यो खोप्दछ, त्यसलाई मानिसको रूपमा बनाउँदछ र आफ्नो घरमा राख्न एउटा सुन्दर मानिसको मूर्ति बनाउँदछ। 14त्यस काममा चलाउन त्यसले देवदारुको रूख काट्ला वा त जङ्गलबाट फलाँट कि सिसौका काठ रोज्ला वा त त्यसले सल्लाको रूख लगाउला र त्यो वर्षको पानीले नबढाउञ्जेल पर्खन्छ। 15मानिसले रूखको एक भागको दाउरा जलाउँछ र अर्को भाग मूर्ति बनाउनमा चलाउँछ। एक भागले त्यसले आगो बाल्छ र आफू न्यानो हुन्छ अनि रोटी पकाउँछ, अर्को भागले देवता बनाएर पुज्छ। 16केही दाउरा लिएर त्यसले आगो बाल्छ, मासु पकाउँछ र त्यो खाएर अघाउँछ। आगोमा जिउ तातिएपछि त्यसले भन्छ, “कति राम्रो र तातो! कति असल आगो!” 17बाँकी काठले मूर्ति बनाउँछ र त्यसलाई ढोगेर पुज्छ। मूर्तिलाई बिन्ती गर्दै त्यसले भन्छ, “तपाईं मेरो देवी-देवता हुनुहुन्छ, मलाई बचाउनुहोस्!”
18यस्ता मानिसहरू मूर्ख हुन्छन् र आफूले के गर्दै छु, सो बुझ्दैनन्। सत्य कुरातिर तिनीहरू आफ्ना आँखा र मन बन्द गर्दछन्। 19मूर्ति बनाउने सिकर्मीसित यसो भन्ने ज्ञान वा समझ छैन, “केही दाउरा मैले जलाएँ। आगोमा रोटी पोलें, मासु पकाएँ र खाएँ। बाँकी काठले एउटा मूर्ति बनाएँ र अब त्यस काठको टुक्रालाई घोप्टिएर ढोग्दै छु!”
20खरानी खाए जतिकै त्यसको समझ छ। त्यसको मूर्ख विचारले त्यसलाई यस्तो गलत बाटोमा लगेको छ, त्यसले आफैंलाई बचाउन सक्दैन। आफूले हातमा लिएको मूर्ति झूटो हो भनी त्यसले मान्दै मान्दैन।
सृष्टिकर्ता र मुक्तिदाता परमप्रभु
21परमप्रभु भन्नुहुन्छ,
“हे इस्राएल, यो याद राख्, तँ मेरो सेवक होस् भनी याद राख्।
मेरो सेवक हुनलाई मैले तँलाई सिर्जें
र म तँलाई कहिल्यै बिर्सनेछैनँ।
22बादल हटाएझैँ मैले तेरा
अपराधहरू हटाइदिएको छु।
बिहानको कुइरो फाटेर पन्सिएझैँ तेरा पापहरू पन्साइदिएको छु,
मकहाँ फर्केर आइज, तँलाई बचाउने म नै हुँ।”
23हे आकाश हो, आनन्दले गाऊ!
हे भूगर्भ हो, चिच्च्याऊ!
हे पर्वत र जङ्गलका रूखहरू, आनन्दले कराओ!
परमप्रभुले आफ्नो प्रजा इस्राएललाई बचाउनुभएर आफ्नो महान्ता देखाउनुभएको छ।
24“म परमप्रभु, तेरो मुक्तिदाता हुँ,
तँलाई सृजना गर्ने म नै हुँ,
सारा थोक बनाउने परमप्रभु म नै हुँ।
म एक्लैले आकाश टाँगेको हुँ,
मैले पृथ्वी बनाउँदा कसैले मलाई सघाएन।
25 #
१ कोरिन्थी 1:20
म जोखाना हेरी भविष्य बताउनेहरूलाई मूर्ख बनाउँदै छु,
म ज्योतिषीहरूको अगमवाणी झूटो तुल्याउँदछु।
म बुद्धिमान्हरूको खण्डन गर्दछु।
तिनीहरूको बुद्धिमानी कुरा मूर्खता हो भनी देखाइदिन्छु।
26तर जब मैले अगमवाणी गर्न मेरो सेवकलाई पठाउनेछु,
तब म आफ्ना योजना जनाउन दूत पठाउँदछु,
तब म ती अगमवाणी र योजनाहरू पक्का गराउँदछु।
यरूशलेममा मानिसहरू फेरि बसोबास गर्नेछन् भनी म यरूशलेमलाई भन्दछु
र यहूदाका सहरहरूलाई भन्दछु कि ती नयाँ गरी बसालिनेछन्।
ती सहरहरू विनाशबाट उठेर खडा हुनेछन्।
27एउटा आज्ञाको शब्दले म महासागरहरू सुख्खा पार्दछु।
28 #
२ इतिहास 36:23; एज्रा 1:2 म कोरेसलाई भन्दछु, ‘तँ मेरो गोठालो होस्,
म जे चाहन्छु, त्यो तैँले गर्नेछस्,
यरूशलेम फेरि बनाउने र मन्दिरका जग फेरि बसाल्ने आज्ञा तैँले दिनेछस्’।”
Currently Selected:
यशैया 44: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: