यशैया 43
43
आफ्ना प्रजालाई बचाउने परमेश्वरको प्रतिज्ञा
1हे इस्राएल, तेरो सृजना गर्ने परमप्रभु यसो भन्नुहुन्छ,
“नडरा, मैले तँलाई उद्धार गरेको छु।
मैले तँलाई नाम लिएर बोलाएको छु, तँ मेरो होस्।
2तँ गहिरो पानीबाट भएर जाँदा
म तँसित हुनेछु।
तेरा कष्टले तँलाई अत्याउनेछैन।
तँ आगोको बीचबाट भएर जाँदा जल्नेछैनस्।
तँमाथि आइपर्ने कठोर कठिनाइले तेरो हानि गर्नेछैन
3किनभने म परमप्रभु तेरा परमेश्वर हुँ,
इस्राएलका पवित्र परमेश्वर, जसले तँलाई बचाउँछ।
म तँलाई छुटकारा दिन मिश्रदेश,
तेरो सट्टामा कूश र सेबा देशहरू दिनेछु।
4तेरो प्राण बचाउन तेरो सट्टामा म सबै जातिहरू दिनेछु
किनभने तँ मेरो निम्ति अति बहुमूल्य छस्।
अनि मैले तँलाई आदर दिएको छु र प्रेम गर्दछु।
5नडरा, म तँसित छु!
“पूर्व र पश्चिमका देशबाट
म तेरा सन्तानहरूलाई बटुलेर घर ल्याउनेछु।
6तिनीहरूलाई छोडिदिन म उत्तर दिशालाई भन्नेछु
र तिनीहरूलाई नरोक्न
दक्षिण दिशालाई भन्नेछु।
मेरा सन्तानहरू टाढा देशबाट,
संसारका हरेक कुनाबाट फर्किआऊन्।
7तिनीहरू मेरा आफ्नै सन्तानहरू हुन्।
मेरै महिमा ल्याउन मैले तिनीहरूको सृजना गरें।”
परमप्रभुको साक्षी इस्राएल
8परमेश्वर भन्नुहुन्छ,
“मेरा प्रजालाई अदालतमा हाजिर गर,
आँखा छँदाछँदै पनि तिनीहरू अन्धा छन्।
कान छन् तर पनि तिनीहरू बहिरा छन्!
9मुद्दामा सबै जातिहरूलाई हाजिर गराओ।
तीमध्ये कसले भविष्यका कुरा बताउन सक्छ?
वा अहिले के भइरहेको छ, सो अघिबाट बताएको थियो?
आफू ठीक छौ भनी प्रमाण दिनलाई
र आफ्ना शब्द सत्य छन् भनी साक्षी दिन लाउनलाई
तिनीहरूले आ-आफ्ना साक्षीहरू ल्याऊन्।
10“हे इस्राएलका मानिसहरू हो,
तिमीहरू मेरा साक्षी हौ।
तिमीहरूले मलाई चिन र विश्वास गर
र म एक मात्र परमेश्वर हुँ भनी बुझ भनेर
मैले तिमीहरूलाई मेरा सेवक हुनलाई छानें।
मबाहेक अरू कोही परमेश्वर छैन,
त्यस्तो कहिल्यै थिएन र कहिल्यै हुने पनि छैन।
11“म एक मात्र परमप्रभु हुँ,
मबाहेक बचाउन सक्ने अरू कोही पनि छैन।
12के-के हुनेछ, त्यो मैले अघिबाटै भनें
र तिमीहरूलाई मद्दत गर्न आएँ।
कुनै विदेशी देवताले त्यसो कहिल्यै गरेको छैन–
तिमीहरू मेरा साक्षी हौ।
13म परमेश्वर हुँ र सदा रहिरहनेछु।
कोही मेरो शक्तिबाट भाग्न सक्दैन,
कसैले मेरो काम बदल्न सक्दैन।”
बेबिलोनबाट फुत्कने उपाय
14इस्राएलका पवित्र परमेश्वर, तिमीहरूलाई बचाउनुहुने परमप्रभु भन्नुहुन्छ,
“तिमीहरूलाई बचाउन
म बेबिलोनको विरुद्धमा एउटा सेना पठाउनेछु,
म सहरका मूल-ढोकाहरू फोडिदिनेछु
र त्यहाँका मानिसहरूको सोर रुवाइमा फेरिनेछ।
15म परमप्रभु, तिमीहरूका पवित्र परमेश्वर हुँ।
हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूको सृष्टि गरें,
म तिमीहरूको राजा हुँ।”
16उहिल्यै परमप्रभुले सागर बीचबाट भएर जाने एउटा बाटो बनाउनुभयो,
उर्लंदो पानीको बीच भएर जाने एउटा मार्ग।
17एउटा शक्तिशाली सेनालाई रथ र घोडाहरूका सेनालाई उहाँले नाश पार्नुभयो।
तिनीहरू कहिल्यै नउठ्ने गरी लोटे,
दियोको ज्वाला निभाएझैँ तिनीहरू निभाइए!
18तर परमप्रभु भन्नुहुन्छ,
“बितेका कुराहरू याद नगर,
उहिलेका घटनाहरू सम्झिनबस्।
19मैले के नयाँ कुरा गर्दै छु, त्यो हेर।
त्यो कुरा भइरहेको छ, त्यो अहिले तिमीहरू देख्न सक्छौ!
म उजाड-भूमिका बीचबाट एउटा बाटो निकाल्नेछु,
त्यहाँ खोला बहाउनेछु।
20जङ्गली जनावरहरूले पनि मलाई आदर गर्नेछन्
अनि स्याल र शुतुरमुर्गले मेरो प्रशंसा गाउनेछन्,
जुन बेला आफ्ना छानेको प्रजालाई पानी दिन म मरुभूमिमा खोलाहरू बहाउनेछु।
21ती मैले आफ्नै निम्ति सृजेका मानिसहरू हुन्
र तिनीहरूले मेरो प्रशंसा गाउनेछन्!”
इस्राएलको पाप
22परमप्रभु भन्नुहुन्छ,
“ए इस्राएल, तँ मसित थाकिसकेको थिइस्,
तैँले मलाई पुकार्दैनथिस्,
23तैँले मलाई भेडाको होमबलि चढाउँदैनथिस्
तैँले बलि चढाएर मेरो आदर गर्दैनथिस्।
मैले भेटीहरू मागेर तँलाई भार दिएको थिइनँ,
न त धूप-बत्ती मागेर तँलाई थकाउँथें।
24तैँले मेरो निम्ति धूप किन्दैनथिस्
न त तेरो बलिका बोसोले मलाई सन्तुष्ट पार्दथिस्।
त्यसका सट्टामा तैँले मलाई तेरो पापको बोझ बोकाउँथिस्,
आफूले गरेको अपराधले तैँले मलाई थकाउँथिस्।
25तर पनि म तेरा पाप क्षमा दिने परमेश्वर हुँ,
म मेरै खातिर यो सबै गर्दछु,
म तेरा पापको कति पनि याद गर्नेछैनँ।
26“आइज, हामी बितेका कुराहरू दोहोर्याएर छलफल गरौं!
तँ ठीक छस् भनी प्रमाण दिन आफ्ना मुद्दा पेश गर्!
27तेरा पहिलेका पुर्खाले पाप गरे,
तेरा अगुवाहरूले मेरो विरुद्ध पाप गरे,
28यसकारण मैले पवित्रस्थानका अधिकारीहरूलाई लाजमा पारेको थिएँ।
मैले इस्राएलमाथि विनाश ल्याएको थिएँ,
मैले आफ्नै प्रजालाई बदनाम हुन दिएको थिएँ।”
Currently Selected:
यशैया 43: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.