YouVersion Logo
Search Icon

यशैया 39

39
बेबिलोनियाबाट दूतहरू आएका
(२ राजा २०:१२-१९)
1त्‍यही बेलातिर बेबिलोनियाका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकिया राजा बिरामी छन् भनी सुने, तिनलाई एउटा पत्र र कोसेली पठाए। 2हिजकियाले ती ल्‍याउने दूतहरूलाई स्‍वागत गरे र तिनीहरूलाई आफ्‍ना धन-सम्‍पत्ति, सुन-चाँदी, मसला, सुगन्‍धित तेल र सबै सैनिक हतियारहरू देखाए। उनका महल र राज्‍यका कुना-कुनामा भएका कुनै कुरा पनि हिजकियाले नदेखाई छोडेनन्। 3त्‍यसपछि यशैया अगमवक्ताले हिजकिया राजाकहाँ गएर सोधे, “यी दूतहरू कहाँबाट आएका हुन् र तिनीहरूले तपाईंलाई के भने?”
हिजकियाले उत्तर दिए, “तिनीहरू टाढाको देश बेबिलोनियाबाट आएका हुन्।”
4“महलमा तिनीहरूले के हेरे?” अगमवक्ताले सोधे,
“तिनीहरूले सबै थोक हेरे। मैले तिनीहरूलाई नदेखाएको केही कुरा राजभण्‍डारमा छैन,” राजाले जवाफ दिए।
5-6यशैयाले राजालाई भने, “सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ कि ‘यस्‍तो समय आउँदै छ, जब तपाईंको महलमा भएका र आजसम्‍म तपाईंका पिता-पुर्खाले भण्‍डारमा जम्‍मा गरेका हरेक वस्‍तु बेबिलोनियामा लगिनेछन्। केही कुरा छोडिनेछैन। 7#दानिएल 1:1-7; २ राजा 24:10-16; २ इतिहास 36:10तपाईंका आफ्‍नै सन्‍तानहरू कोही-कोही लगिनेछन् र बेबिलोनियाका राजाको राजमहलमा सेवा गर्नको निम्‍ति नपुंसक बनाइनेछन्’।”
8त्‍यसको अर्थ हिजकिया राजाले आफ्‍नो जीवनकालमा चाहिँ शान्‍ति र सुरक्षा रहनेरहेछ भनी बुझे र उनले यस्‍तो जवाफ दिए, “तिमीले मलाई परमप्रभुको तर्फबाट दिएको सन्‍देश असल छ।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in