यशैया 38
38
हिजकिया राजा बिरामी परेका
(२ राजा २०:१-११; २ इतिहास ३२:२४-२६)
1त्यही बेलातिर हिजकिया राजा बिरामी भए र झण्डै मरे। आमोजका छोरा यशैया अगमवक्ता तिनलाई हेर्न गए र भने, “ ‘तैँले सबै कुराको बन्दोबस्त मिलाई राख् किनभने तँ निको हुनेछैनस्’ परमप्रभुले तपाईंलाई भन्नुहुन्छ। तपाईं मर्नुहुनेछ।”
2हिजकियाले भित्तापट्टि फर्केर यस्तो प्रार्थना गरे, 3“हे परमप्रभु, मैले विश्वासयोग्य र भक्तिसाथ तपाईंको सेवा गरेको छु अनि तपाईंले मबाट चाहेअनुसार काम मैले गरेको छु भनी याद गर्नुहोस्।” त्यसपछि उनी धुरुधुरु रोए।
4-5तब परमप्रभुले यशैयालाई हिजकियाकहाँ फर्केर गई यसो भन्न आज्ञा गर्नुभयो, “म परमप्रभु तेरो पुर्खा दाऊदका परमेश्वरले तेरो बिन्ती सुनेको छु र तेरो आँसु देखेको छु। म तँलाई अझै पन्ध्र वर्ष जिउन दिनेछु। 6तँलाई र यो यरूशलेम सहरलाई म अश्शूरका महाराजाका हातबाट बचाउनेछु र म यस सहरको रक्षा गरिरहनेछु।”
7यशैयाले उत्तर दिए, “परमेश्वरले आफ्नो प्रतिज्ञा राख्नुहुनेछ भन्ने प्रमाण स्वरूप तपाईंलाई एउटा चिन्ह दिनुहुनेछ। 8आहाज राजाले बनाएको भर्याङमा परमप्रभुले छाया दश कदम पछि सर्न लाउनुहुन्छ।” 9अनि छाया दश कदम पछि सर्यो, बिरामीबाट निको भएपछि हिजकियाले यो प्रशंसाको भजन लेखे:
10मैले त सोचेथें, मेरो जीवनको उत्तम समयमै
म मृत-लोकमा जानेछु र मेरो प्राण अबउप्रान्त बाँच्नेछैन।
11मैले त सोचेथें, यस जीवितहरूको देशमा
मैले परमप्रभुलाई फेरि देख्नेछैनँ
वा जीवित मानिसहरूलाई फेरि हेर्न पाउनेछैनँ।
12पाल उठाएझैँ, कपडा तानबाट काटेझैँ
मेरो जीवन काटियो र त्यसको अन्त भयो।
मैले सोचेथें, परमेश्वरले मेरो जीवन अन्त गराउँदै हुनुहुन्छ।
13सिंहले मेरा हाडहरू भाँचेझैँ
पीडाले रातभरि म रोएँ।

14मेरो सोर मधुरो र दुर्बल थियो,
म ढुकुरझैँ विलाप गर्दथें,
आकाशतिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके,
हे परमप्रभु, यी सबै कष्टबाट मेरो उद्धार गर्नुहोस्।
15म के भन्न सक्छु र?
परमप्रभुले त्यसो गर्नुभयो,
मेरो हृदयको तीतोपनाले गर्दा मलाई निद्रा लाग्दैन।
16हे प्रभु, म तपाईंको निम्ति जिउनेछु,
तपाईंको निम्ति मात्र जिउनेछु,
मलाई निको पार्नुहोस् र बाँच्न दिनुहोस्।
17मेरो तीतोपना शान्तिमा परिणत हुनेछ,
तपाईंले मेरो प्राणलाई सबै खतराबाट बचाउनुहुन्छ
र मेरा सबै पाप क्षमा गर्नुहुन्छ।
18पातालमा कसैले तपाईंको प्रशंसा गर्न सक्दैन,
मरेकाहरू तपाईंको विश्वासयोग्यतामा भरोसा गर्न सक्दैनन्।
19जिउँदाहरूले तपाईंको प्रशंसा गर्छन्,
जसरी म अहिले तपाईंको प्रशंसा गर्दछु।
“तपाईं कति विश्वासयोग्य हुनुहुन्छ,” भनी
बुबाहरूले आफ्ना बाल-बालिकाहरूलाई बताउँछन्।
20हे परमप्रभु, तपाईंले मलाई निको पार्नुभएको छ।
हामी वीणा बजाउँछौं र तपाईंको प्रशंसा गाउनेछौं,
आफ्नो जीवनभरि तपाईंको मन्दिरमा प्रशंसा गाउनेछौं।
21यशैयाले राजालाई उनको पीलोमा नेभाराको लेप बनाएर लाउनुपर्छ र उनी निको हुनेछन् भनेका थिए। 22तब हिजकिया राजाले सोधेका थिए र “मन्दिरमा जान सकेको छु भन्ने कुराको प्रमाण कुन कुराले दिनेछ?”
Currently Selected:
यशैया 38: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: