यशैया 26
26
परमेश्वरले आफ्ना प्रजालाई विजय दिनुहुनेछ
1त्यो दिन आउँदै छ, जब मानिसहरूले यहूदा देशमा यो भजन गाउनेछन्।
हाम्रो सहर बलियो छ!
परमेश्वर आफैं यसका पर्खालको रक्षा गर्नुहुन्छ!
2सहरका मूल-ढोकाहरू खोल
र ठीक काम गर्ने विश्वासी जाति प्रवेश गरून्:
3परमप्रभु, ज-जसले आफ्ना मनका अभिप्राय दह्रो राख्छन्,
र तपाईंमाथि भरोसा राख्छन्,
तिनीहरूलाई पूर्ण शान्ति दिनुहोस्।
4सधैँभरि परमप्रभुमा भरोसा राख
किनभने उहाँ नै सनातनको चट्टान हुनुहुन्छ।
5उहाँले अहङ्कारीहरूलाई होचो पार्नुभएको छ,
तिनीहरू बास गरेको बलियो सहर नाश गर्नुभएको छ
र त्यसलाई ध्वस्त पारेर धुलोमा मिलाइदिनुभएको छ।
6अहिले अत्याचारमा परेकाहरू त्यसमाथि हिँड्छन्
र दरिद्रहरूले त्यसलाई खुट्टाले कुल्ची-मिल्ची पार्दछन्।
7परमप्रभु, तपाईंले भला मानिसहरूका निम्ति मार्ग सम्म पार्नुहुनेछ,
तिनीहरू हिँड्ने बाटो सोझो बनाउनुहुनेछ।
8हामी तपाईंको इच्छाअनुसार चल्दछौं र आफ्नो आशा तपाईंमा राख्दछौं,
हामी तपाईंको मात्र चाहना गर्दछौं।
9राती सारा हृदयले म तपाईंको चाहना गर्दछु,
बिहानै मेरो आत्माले तपाईंको तृष्णा गर्दछ।
तपाईंले पृथ्वी र त्यसका बासिन्दाहरूको निसाफ गर्नुहुँदा,
तिनीहरूले धार्मिकता के हो, सो सिक्नेछन्।
10तपाईं दुष्टहरूमाथि पनि दयालु नै हुनुहुन्छ,
तापनि ठीक काम गर्न तिनीहरू कहिल्यै सिक्दैनन्।
सोझाहरू बास गर्ने यस देशमा पनि
तिनीहरूले अझसम्म दुष्कर्म नै गरिरहन्छन्।
तिनीहरू तपाईंको महान्ता बुझ्न इन्कार गर्छन्।
11 #
हिब्रू 10:27
तपाईंले तिनीहरूलाई दण्ड दिनुहुनेछ भनी तिनीहरूले जान्दैनन्।
हे परमप्रभु! तिनीहरूलाई लाजमा पार्नुहोस्। तिनीहरूले दु:ख पाउँछन्।
तपाईंले तयार पार्नुभएको दण्ड तिनीहरूमाथि खनियोस्।
तपाईं आफ्नो प्रजालाई कति माया गर्नुहुन्छ।
त्यो तपाईंका शत्रुहरूलाई देखाइदिनुहोस्।
12परमप्रभु, तपाईंले हामीलाई सुखशान्ति दिनुहुन्छ,
हामीले जे कुरा हासिल गरेका छौं, ती सबै तपाईंकै कामका फल हुन्।
13हे परमप्रभु हाम्रा परमेश्वर, अरूले हामीमाथि राज्य गरेका छन्।
तर तपाईं एक मात्र हाम्रा परमप्रभु हुनुहुन्छ।
14अब तिनीहरू मरेका छन् र फेरि जिउँनेछैनन्,
तिनीहरूका आत्मा जाग्नेछैनन्
किनभने तिनीहरूलाई तपाईंले दण्ड दिएर नाश गर्नुभएको छ।
कसैले अब तिनीहरूलाई याद गर्दैन।
15परमप्रभु, तपाईंले हाम्रो जातिलाई बढ्न दिनुभएको छ।
यसको साँध-सिमाना चारैतिर फैलन दिनुभएको छ।
यसले गर्दा तपाईंको मान-मर्यादा भएको छ।
16परमप्रभु, तपाईंले आफ्ना प्रजालाई दण्ड दिनुभयो
र मनका वेदनामा तिनीहरूले तपाईंलाई बिन्ती गरे।
17हे परमप्रभु, जसरी बच्चा जन्माउन लागेकी स्त्री वेदनाले कराउँछे,
हामीहरू पनि तपाईंको सामुन्ने त्यस्तै छौं।
18हामीलाई पीडा र वेदना भयो तर हामीले केही पनि जन्माएनौं।
हामीले आफ्नो देशलाई बचाउन सकेनौं,
हामीले केही गर्न सकेनौं।
19तपाईंका मरिगएका मानिसहरू फेरि जिउनेछन्,
तिनीहरूका शरीर जीवित भई उठ्नेछन्।
आफ्ना चिहानभित्र सुत्नेहरू सबै उठ्नेछन् र आनन्दले गाउँनेछन्।
टल्कने शीतले जमिनलाई स्वच्छ पारेझैँ परमप्रभुले पहिले मरेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ।
न्याय र छुटकारा
20हे मेरा प्रजा, आ-आफ्ना घर जाओ र घरमा पसी ढोका बन्द गर। परमेश्वरको क्रोध नमरेसम्म केही समयको लागि तिमीहरू लुकेर बस। 21परमप्रभु आफ्नो परमधामबाट पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिन आउँदै हुनुहुन्छ। पृथ्वीमा भएका गुप्त हत्याहरू प्रकट हुनेछन् र हत्या भएकाहरूलाई जमिनले लुकाएर राख्न सक्नेछैन।
Currently Selected:
यशैया 26: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.