YouVersion Logo
Search Icon

होशे पुस्‍तक परिचय

पुस्‍तक परिचय
आमोस अगमवक्ता पछि लगत्तै होशेले इस्राएलमा प्रचार गरे। इस्राएलको राजधानी सामरियाको पतन हुनुभन्दा अघि त्‍यहाँ धेरै सङ्कष्‍ट थियो। यो ख्रीष्‍ट जन्‍मनुभन्दा ७२१ वर्षअघिको कुरो हो। यही बेला होशेले प्रचार गर्दै थिए। इस्राएलीहरूले आफ्‍ना परमेश्‍वरलाई भुलेर मूर्तिपूजातिर लागेको विरोधमा तिनले प्रचार गरे।
होशेले एउटी व्‍यभिचारिणीसित आफैंले गरेको विपदग्रस्त बिहेको उदाहरण दिँदै मानिसहरूले परमेश्‍वरप्रति गरेको विश्‍वासघातको चित्र साहसपूर्वक वर्णन गरेका छन्। जसरी तिनकी स्‍वास्‍नी गोमेरले तिनीसित विश्‍वासघात गरेकी थिई, त्‍यसरी नै परमेश्‍वरका प्रजाले परमप्रभुलाई त्‍यागेका थिए।
यसैकारण इस्राएलमाथि दण्‍डाज्ञा आयो। तापनि परमेश्‍वरको आफ्‍ना प्रजाप्रति भएको निरन्‍तर प्रेमको जित हुनेछ।
अन्‍तमा त्‍यस जातिलाई उहाँले फेरि आफूतिर फर्काउनुहुनेछ अनि एकआपसको सम्‍बन्‍ध पहिलेको जस्‍तै पार्नुहुनेछ। हृदय छुने शब्‍दमा त्‍यो यसरी प्रकट गरिएको छ, “ए इस्राएल, म तँलाई कसरी छोड्‍न सक्‍छु र? कसरी तँलाई म त्‍याग्‍न सक्‍छु र? त्‍यसो गर्न मेरो मनले मान्‍दै मान्‍दैन। तँप्रति मेरो प्रेम साह्रै गहिरो छ” (११:८)।
संक्षिप्‍त विषय-सूची
होशेको बिहे र परिवार १:१—३:५
इस्राएलको विरुद्धमा सन्देशहरू ४:१—१३:१६
पश्‍चात्ताप र करारका सन्देश १४:१-९

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in