YouVersion Logo
Search Icon

होशे 1

1
1 # २ राजा 15:1-7; २ इतिहास 26:1-23; २ राजा 15:32-38; २ इतिहास 27:1-8; २ राजा 16:1-20; २ इतिहास 28:1-27; २ राजा 18:1—20:21; २ इतिहास 29:1—32:33; २ राजा 14:23-29 यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा यहोआशका छोरा यारोबामको शासनकालमा परमप्रभुले बेरीको छोरो होशेलाई यो वचन दिनुभयो।
होशेका स्‍वास्‍नी र छोरा-छोरीहरू
2जब परमप्रभु होशेद्वारा पहिलो पटक इस्राएलसित बोल्‍नुभयो, तब उहाँले होशेलाई यसो भन्‍नुभयो, “गएर एउटी व्‍यभिचारिणी स्‍त्रीसित बिहे गर्‌ र तेरा छोरा-छोरीहरू आमा जस्‍तै हुनेछन्। यसरी नै मेरा प्रजाले मलाई त्‍यागेर विश्‍वासघाती भएका छन्।”
3यसकारण होशेले दिब्‍लैमकी छोरी गोमेर नाम गरेकी स्‍त्रीलाई बिहे गरे। उसले गर्भवती भएर एउटा छोरो जन्‍माई। 4#२ राजा 10:11त्‍यसपछि परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाम ‘यिजरेल’ राख्‍नू किनभने अब म चाँडै इस्राएलका राजालाई त्‍यसका पुर्खा येहूले यिजरेलमा गरेको हत्‍याको निम्‍ति दण्‍ड दिनेछु। म येहूको वंशको अन्‍त गर्नेछु 5अनि त्‍यही बेला यिजरेलको बेसीमा म इस्राएली सेनालाई नाश पार्नेछु।”
6गोमेर दोस्रोपल्‍ट गर्भवती भई र एउटी छोरी जन्‍माई। परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाम ‘लो-रूहामा’ (माया नगरिएकी) राख् किनभने अबदेखि उसो म इस्राएलका मानिसहरूलाई न माया देखाउँछु न त क्षमा नै गर्नेछु। 7तर यहूदाका मानिसहरूलाई म टिठ्याउनेछु। म तिनीहरूलाई बचाउनेछु। तरवार, धनु, काँड, घोडा र घोडचढी वा लडाइँले होइन तर म परमप्रभु तिनीहरूका परमेश्‍वर आफैंले बचाउनेछु।”
8गोमेरले छोरीलाई दूध छोडाएपछि फेरि गर्भवती भई र अर्को छोरो जन्‍माई। 9परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाम ‘लो-अम्‍मी’ (मेरो प्रजा होइन) राख् किनभने इस्राएलका मानिसहरू मेरा प्रजा होइनन् र म तिनीहरूका परमेश्‍वर होइनँ।”
इस्राएलको पुनर्स्‍थापना
10 # रोमी 9:26 इस्राएलका मानिसहरू समुद्रका बालुवासरि हुनेछन्, तिनीहरू सङ्‍ख्‍यामा गन्‍न नसक्‍ने हुनेछन्। परमप्रभुले तिनीहरूलाई यसो भन्‍नुभएको थियो, “तिमीहरू मेरा प्रजा होइनौ,” तर त्‍यो समय आउँदै छ, जब उहाँले तिनीहरूलाई यसो भन्‍नुहुनेछ, “तिमीहरू जीवित परमेश्‍वरका सन्‍तान हौ।” 11यहूदा र इस्राएलका मानिसहरू एक हुनेछन्। आफ्‍ना बीचमा तिनीहरूले एउटै अगुवा चुन्‍नेछन् र फेरि एक पटक आफ्‍नै देशमा तिनीहरूको वृद्धि र उन्‍नति हुनेछ। निश्‍चय नै यिजरेलको त्‍यो दिन एउटा महान् दिन हुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in