होशे 9
9
इस्राएलमाथि दण्डको घोषणा
1हे इस्राएलका मानिसहरू हो, तिमीहरूले मूर्तिपूजकहरूले जस्तै चाडहरू मनाउन छोड। तिमीहरू आफ्ना परमेश्वरबाट तर्की गएका छौ र उहाँसित विश्वासघात गरेका छौ। वेश्याहरूझैँ तिमीहरूले देशभरि आफूलाई बाल देवताका हातमा बेचिसकेका छौ र त्यसले दाम तिरी किनेको अन्न भन्ठानी त्यसलाई तिमीहरूले प्रेम गर्छौ। 2तर अब चाँडै यस्तो समय आउनेछ, तिमीहरूलाई अन्न र जैतुनको तेल पुग्दो हुनेछैन र एक थोपा दाखमद्य पनि पाउनेछैनौ। 3इस्राएलका बासिन्दाहरू परमप्रभुको देशमा बसोबास गर्नेछैनन्। तर तिनीहरू मिश्रमा फर्की जानुपर्नेछ र अश्शूर देशमा अशुद्ध खाना खानुपर्नेछ। 4तिनीहरूले विदेशी भूमिमा परमप्रभुलाई दाखमद्य र अन्य बलिहरू चढाउन सक्नेछैनन्। तिनीहरूका भोजन खाने हरेक मानिस अशुद्ध हुनेछ। त्यो मलामीलाई दिइएको मृत्यु-भोज जस्तो हुनेछ। त्यो भोक मेट्नलाई मात्र चलाइनेछ, त्यसबाट कति पनि परमप्रभुको मन्दिरमा भेटी चढाउन लगिनेछैन। 5अनि परमप्रभुको सम्मान्मा तोकिएका चाडको समय आएपछि तिनीहरूले के गर्लान्? 6जब विपद् आइलाग्छ र मानिसहरू छरपष्ट हुनेछन्, तब मिश्रीहरूले तिनीहरूका लाश बटुलेर नोपमा गाड्नेछन्। तिनीहरूका चाँदीका बहुमूल्य वस्तुहरू र घर बनाइएका जग्गाहरू सिस्नुघारी र बेकामका झार-पातले भरिनेछन्।
7 #
लूका 21:22
दण्डको समय आइपुग्यो। मानिसले के पाउनुपर्छ त्यो समय आयो। यी कुराहरू इस्राएलले थाहा पाउनेछ। तिमीहरू भन्छौ, “यो अगमवक्ता मूर्ख छ। त्यो प्रेरित पागल हो।” तिमीहरूको पाप ठूलो भएकोले तिमीहरू मलाई ज्यादै घृणा गर्छौ। 8परमेश्वरले, आफ्ना प्रजा इस्राएललाई चेतावनी दिन मलाई अगमवक्ता बनाएर पठाउनुभयो। तरै पनि जहाँ म जाँदछु, त्यहाँ तिमीहरू चरालाई झैँ मलाई पासोमा पार्न चेष्टा गर्दछौ। आफ्नै परमेश्वरको मन्दिरमा पनि मानिसहरू अगमवक्ताका शत्रु भएका छन्। 9#न्यायकर्ता 19:1-30तिनीहरूका काम औधी खराब छन्, गिबामा झैँ तिनीहरू साह्रै भ्रष्ट भएका छन्। परमेश्वरले तिनीहरूका पापको सम्झना गर्दै तिनीहरूलाई दण्ड दिनुहुनेछ।
इस्राएलको पापको फल
10 #
गन्ती 25:1-5
परमप्रभु भन्नुहुन्छ, “जब मैले पहिलो पटक इस्राएललाई भेट्टाएँ, मलाई मरुभूमिमा उम्रेको दाख भेट्टाएजस्तै लाग्यो। जब पहिलो चोटि मैले तिमीहरूका पुर्खाहरूलाई देखें, तब मलाई ऋतुमा पाकेको नेभाराको पहिलो फल पाएजस्तो लाग्यो। तर जब तिनीहरू बाल-पोरमा आए, तिनीहरूले त्यो बाल देवताको पूजा गर्न थाले र चाँडै तिनीहरू आफूले पुजेका देवताझैँ घिनलाग्दा भए। 11इस्राएलको महान्ता चराझैँ उडिजानेछ। त्यहाँ फेरि तिनीहरूकहाँ बच्चा जन्मनेछैन, कुनै स्त्री गर्भवती हुनेछैन, कुनै पनि नारीले गर्भधारण गर्नेछैन। 12तिनीहरूले छोरा-छोरीहरू हुर्काए भने पनि म तिनीहरूलाई रहन दिनेछैनँ र एउटै पनि जिउँदो छोड्नेछैनँ। जब म यी मानिसहरूलाई त्याग्नेछु, तब तिनीहरूमाथि डरलाग्दा कुराहरू आइलाग्नेछन्।”
13हे परमप्रभु, मैले इस्राएललाई एउटा कलिलो खजुरको बोटजस्तै मलिलो जमिनमा रोपेको देखें, तर अहिले त्यसका छोरा-छोरीहरू खोजी-खोजी मारिनुपर्छ। 14यी मानिसहरूको लागि तपाईंले के गरिदिनोस् भनी म बिन्ती गरूँ? तिनीहरूका स्त्रीहरूलाई बाँझी बनाइदिनुहोस्। तिनीहरूका दूध सुकाइदिनुहोस्।
15परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले गिलगालमा दुष्ट काम गरेकोले मैले तिनीहरूलाई घृणा गर्न थालें। तिनीहरूका दुष्ट कामले गर्दा म तिनीहरूलाई मेरा देशबाट धपाइदिनेछु। म फेरि तिनीहरूलाई प्रेम गर्नेछैनँ। तिनीहरूका सबै अगुवाहरू मेरो विरुद्धमा उठेका छन्। 16इस्राएलका मानिसहरू जरा सुकेका र फल नफल्ने रूखझैँ भएका छन्। तिनीहरूका छोरा-छोरीहरू जन्मनेछैनन्, ती जन्मिहाले पनि म तिनीहरूका प्यारा छोरा-छोरीहरूलाई मारिदिनेछु।”
इस्राएलबारे अगमवाणी
17जुन परमेश्वरको म सेवा गर्दछु, उहाँले आफ्ना प्रजालाई अस्वीकार गर्नुहुनेछ किनभने तिनीहरूले उहाँको वचन सुनेनन्। तिनीहरूले अन्यजातिहरूका माझमा बाटो बिराएर घुमफिर गरी हिँड्नेछन्।
Currently Selected:
होशे 9: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: