होशे 10
10
1इस्राएलका मानिसहरू फलैफलले लटरम्मै भएको दाखको एउटा बोटझैँ थिए। तिनीहरू जति फलवान् भए, उति वेदी तिनीहरूले बनाउँदै गए। जमिनले जति अन्न उब्जाउँथ्यो, उति तिनीहरूले आफूले पुज्ने ढुङ्गाका खामाहरू सिंगार्दै गए। 2छली हृदय भएका मानिसहरूले अब आफ्ना पापको निम्ति कष्ट भोग्नुपर्नेछ। परमेश्वरले तिनीहरूका वेदीहरू भत्काईदिनुहुनेछ र ढुङ्गाका खामाहरू नाश पारिदिनुहुनेछ।
3यी मानिसहरू चाँडै यसो भन्नेछन्, “हामीले परमप्रभुको डर मानेनौं र हाम्रा राजा छैनन्। तर राजाले हाम्रो निम्ति के नै पो गर्न सक्थे र?” 4तिनीहरूले खोक्रो कुरा बोल्दछन्, झूटो प्रतिज्ञा र व्यर्थका सन्धिहरू गर्छन्। न्यायचाहिँ अन्याय भएको छ र हलो जोतेको बारीमा विषालु जङ्गली झार उम्रेझैँ अन्याय बढ्दै छ।
5सामरिया सहरमा बास गर्ने मानिसहरू डराउनेछन् र बेथ-आवनमा सुनको साँढे हराएकोले तिनीहरू विलाप गर्नेछन्। तिनीहरू र त्यस मूर्तिलाई पुज्ने पूजाहारीहरू रुनेछन्। त्यसको सुनौलो शोभा हराएपछि तिनीहरूले बिलौना गर्नेछन् किनभने त्यो मूर्ति देशबाट निकालिएको छ। 6महान् सम्राटको निम्ति तिरोको रूपमा त्यो मूर्ति अश्शूर देशमा लगिनेछ। अरूको सल्लाह लिएकोले इस्राएल बदनाम र लाजमापर्नेछ। 7पानीले काठको टुक्रा बगाएर लगेझैँ तिनीहरूका राजा लगिनेछ। 8#लूका 23:30; प्रकाश 6:16आवन डाँडाका देव-स्थलहरू, जहाँ इस्राएलीहरूले मूर्तिपूजा गर्थे, नाश पारिनेछन्। तिनीहरूका वेदीमा काँडा र जङ्गली झारहरू उम्रनेछन्। मानिसहरूले पहाडहरूलाई “हामीलाई लुकाऊ!” अनि डाँडाहरूलाई “हामीलाई छोप!” भन्नेछन्।
इस्राएलमाथि परमप्रभुको न्याय
9 #
न्यायकर्ता 19:1-30
परमप्रभु भन्नुहुन्छ, “गिबामा पाप गर्न थालेको समयदेखि इस्राएलका बासिन्दाहरूले मेरा विरुद्धमा पाप गर्न छोडेका छैनन्। यसकारण लडाइँले तिनीहरूलाई गिबामा नै भेट्टाउनेछ। 10म यी पापी मानिसहरूमाथि आक्रमण गर्नेछु र दण्ड दिनेछु। तिनीहरूका विरुद्धमा जाति-जातिहरू भेला हुनेछन् र तिनीहरूका असङ्ख्य पापको निम्ति तिनीहरूमाथि दण्ड आउनेछ।
11“एक समय इस्राएल राम्ररी सधिएकी अन्न दाइँ गर्न तयार र राजी रहने कोरलीजस्तै थियो। तर त्यसका सुन्दर काँधमा जुवा लाएर अझ भारी काममा त्यसलाई जोत्ने मैले निश्चय गरें। मैले यहूदालाई हलो र इस्राएललाई दाँदे तान्न लाएँ। 12#यर्मिया 4:3मैले भनें, ‘आफ्नो निम्ति नयाँ जमिन जोत, धार्मिकताको बिउ रोप र निरन्तर रहने प्रेमको फल बटुल। अब तिमीहरूको आफ्ना परमप्रभुतिर फर्कने समय आयो। अनि म आएर तिमीहरूमाथि आशिष् खन्याउनेछु।’ 13तर तिमीहरूले त्यसका सट्टामा दुष्टता र अन्याय रोप्यौ र त्यसैका फल बटुल्यौ। आफ्नो झूटको फल तिमीहरू आफैंले खाइसकेका छौ।
“तिमीहरूले आफ्ना रथहरू र ठूलो सैन्यदलमा भरोसा राखेका हुनाले 14लडाइँ तिमीहरूका मानिसमाथि आउनेछ र तिम्रा सबै किल्लाहरू ध्वस्त हुनेछन्। शल्मन राजाले बेथ-आर्बेल सहरलाई लडाइँमा नाश पारी आमा र बच्चाहरूलाई कुच्च्याएर मारेको दिनजस्तै त्यो दिन हुनेछ। 15हे बेथेलका बासिन्दाहरू हो, तिमीहरूले गरेका असाध्यै दुष्ट कामहरूले गर्दा तिमीहरूलाई त्यस्तो हुनेछ। लडाइँ सुरु हुने बित्तिकै इस्राएलका राजा मर्नेछन्।”
Currently Selected:
होशे 10: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: