हिब्रू 5
5
1कुनै पनि प्रधान पूजाहारी मानिसहरूबाटै छानिन्छन्, मानिसका तर्फबाट परमेश्वरकहाँ पापबलि र अरू थोक चढाउन खटिएका हुन्छन्। 2उनले अन्जान र बाटो बिराउनेहरूलाई नम्र भएर सम्झाउन सक्छन् किनभने उनी आफैं पनि कमजोर मानिस हुन्। 3#लेवी 9:7त्यसैले अरू मान्छेहरूका लागि चोख्याउने पापबलि चढाउँदा उनले आफ्नै पाप चोख्याउने बलि पनि चढाउनुपर्छ।
4 #
प्रस्थान 28:1
कोही पनि आफैं प्रधान पूजाहारी हुने मान खोज्दैन, तर परमेश्वरले खटाएर मात्र हुन्छ। हारूनलाई परमेश्वरले नै प्रधान पूजाहारी खटाउनुभएको थियो। 5#भजनसंग्रह 2:7यसरी नै ख्रीष्टले पनि प्रधान पूजाहारी हुने मान आफैंले लिनुभएन। तर परमेश्वरले भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु।” 6#भजनसंग्रह 110:4अनि अर्को ठाउँमा परमेश्वर भन्नुहुन्छ, “तिमी मल्कीसेदेकजस्तै सधैँभरि रहिरहने पूजाहारी हौ।” 7#मत्ती 26:36-46; मर्कूस 14:32-42; लूका 22:39-46येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा आफूलाई मरेकोबाट बचाउन सक्नुहुनेसँग रुँदै आँसु बगाएर बिन्ती र प्रार्थना चढाउनुभयो। उहाँको नम्रता र भक्तिले गर्दा नै परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो। 8परमेश्वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्टबाट उहाँले परमेश्वरको आज्ञा मान्न सिक्नुभयो। 9उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्ने मान्छेहरूका निम्ति उहाँ अनन्त मुक्तिको मूल हुनुभयो। 10अनि परमेश्वरले नै उहाँलाई मल्कीसेदेकको जस्तै प्रधान पूजाहारीको दर्जा दिनुभयो।
विश्वासलाई नत्याग्ने चेतावनी
11यस बारेमा भन्नुपर्ने कुरा धेरै छन्। तर तिमीहरू अबुझ हुनाले बुझाउनै गाह्रो छ। 12#१ कोरिन्थी 3:2अहिलेसम्म त तिमीहरू अरूलाई सिकाउने भइसक्नुपर्थ्यो, तर अझै परमेश्वरको शिक्षाको बारेमा प्राथमिक कुरा पनि थाहा नभएर अरू कसैले सिकाउनुपर्लाजस्तो छ। अलिक खँदिलो खानेकुराको सट्टा अझै तिमीहरू आमाको दूध चुस्ने बालकजस्तै छौ। 13आमाको दूध मात्र चुस्छ भने त त्यो अझै बालकै छ। असल र खराबको ज्ञान त्यसले पाएको छैन। 14तर खँदिलो खानेकुराचाहिँ हुर्किसकेको मान्छेको लागि हो। उसले त असल र खराब कुरा छुट्टयाउन सक्ने तालिम पाइसकेको हुन्छ।
Currently Selected:
हिब्रू 5: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.