उत्पत्ति 9
9
नोआसँग परमेश्वरको करार
1 #
उत्पत्ति 1:28
परमेश्वरले नोआ र उनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “तेरा धेरै छोरा-छोरीहरू होऊन् र तेरा सन्तान पृथ्वीभरि बास गरून्। 2सबै पशु-पंक्षी र माछाहरूले तेरा डर मान्नेछन्, ती सबै तेरा अधिकारमा दिइएका छन्। 3ती कुराहरू तिमीहरू अब खान सक्नेछौ, जसरी तिमीहरूले हरिया सागपात खान्छौ। म ती सबै तिम्रा आहारका निम्ति दिँदछु। 4#लेवी 7:26,27; 17:10-14; 19:26; व्यवस्था 12:16,23; 15:23आलो रगत भएको मासुचाहिँ तिमीहरूले नखानू किनभने रगतमा जीवन हुन्छ र यसैले त्यो नखानू। 5कसैले मानिसको प्राण लियो भने त्यसले दण्ड पाउनेछ। कुनै पशुले मानिसको प्राण लियो भने म त्यसलाई पनि मार्नेछु। 6#प्रस्थान 20:13; उत्पत्ति 1:26मानिस परमेश्वरको रूपमा बनिएको छ, यसैले कसैले मानिसको हत्या गर्यो भने त्यसको हत्या पनि मानिसबाटै हुनेछ।
7 #
उत्पत्ति 1:28
“तेरा धेरै छोरा-छोरी होऊन् र तेरा सन्तानले सारा पृथ्वीभरि बास गरून्।”
8परमेश्वरले नोआ र उनका छोराहरूलाई भन्नुभयो, 9“अब तिमी र तिम्रा सन्तानसित र 10सबै जिउँदा प्राणीहरूसित सम्पूर्ण पंक्षी र पशुहरूसित र नाउबाट तिमीसँग निस्किआउने हरथोकसित यो करार बाँध्नेछु। 11यो शब्दमा म तिमीहरूसित करार बाँध्नेछु ‘फेरि कहिल्यै पनि सबै जिउँदा प्राणीहरू जलप्रलयको भलले नाश हुनेछैनन्, फेरि कहिल्यै पनि पृथ्वी जलप्रलयबाट नाश गरिनेछैन’। 12मैले तिमीहरूसित र सम्पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा 13म मेरो धनु बादलमा राख्नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ। 14जहिले-जहिले म आकाश बादलले ढाक्दछु र त्यहाँ इन्द्रेणी देखा पर्दछ, 15तब म प्रलयका भलले फेरि कहिल्यै पनि सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ भनी तिमीहरू र सम्पूर्ण पशुहरूसित गरेको आफ्नो करारलाई याद गर्नेछु। 16जब बादलमा इन्द्रेणी देखा पर्दछ, म त्यसलाई देखेर आफूले पृथ्वीका सबै जिउँदा प्राणीहरूसित सदाकालको लागि गरेको करारलाई याद गर्नेछु। 17मैले सबै जिउँदा प्राणीहरूसित गरेको करारको चिनो यही हो।”
नोआ र तिनका छोराहरू
18नाउबाट निस्किआउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हाम कनानका बुबा थिए)। 19नोआका यी तीन छोराहरू पृथ्वीका सबै मानिसहरूका पुर्खा भए।
20नोआ एक किसान थिए, दाखबारी लाउने पहिलो मानिस उनी नै थिए। 21केही दाखमद्य पिएपछि उनी माते, आफ्ना लुगाहरू फुकाले र पालभित्र नाङ्गै सुते। 22कनानका बुबा हामले आफ्ना बुबालाई नाङ्गै देखी बाहिर गएर आफ्ना दुवै दाजुहरूलाई त्यो कुरा भने। 23तब शेम र येपेतले एउटा लुगा लिए र काँधमा हालेर आफ्ना ढाडमा बोके। दुवै भाइ पछि सर्दै गएर पालभित्र पसे र बुबालाई लुगा ओढाइदिए। बुबाको नाङ्गो रूप देख्ननपरोस् भनेर तिनीहरूले आफ्नो अनुहार अर्कोपट्टि फर्काए। 24नोआलाई निद्राले छोडेपछि जब उसले कान्छा छोराले आफूसँग गरेको व्यवहार थाहा पाए, 25तब उनले भने,
“कनानमाथि सराप परोस्,
त्यो आफ्ना दाजुहरूको कमारो हुनेछ।
26परमप्रभु शेमका परमेश्वरलाई प्रशंसा गर!
कनान शेमको कमारो हुनेछ।
27परमेश्वरले येपेतलाई बढाऊन्!
त्यसका सन्तानले शेमका सन्तानसित बास गरून्,
कनान येपेतको कमारो हुनेछ।”
28जलप्रलयपछि अरू ३५० वर्ष नोआ बाँचे 29र ९५० वर्ष उमेर पुगेर मरे।
Currently Selected:
उत्पत्ति 9: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Videos for उत्पत्ति 9

Episode 36:Are We Near the End? The Bible’s Hidden Pattern
Under The Hood

EP 25. Why Do So Many Cultures Have Flood Myths? The Truth Behind the Stories
Under The Hood

Ep 34. Genesis 10: How Noah’s Sons Shaped the World & God's Redemption Story
The Bible Show

Episode 19: Feeding of Four thousand with the Syrophonecian woman
The Bible Show