गलाती 5:13-18
गलाती 5:13-18 सरल नेपाली
दाजुभाइहरू, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ। तर यो स्वतन्त्रता शारीरिक स्वभावअनुसार चल्ने नबनोस्। प्रेमले एक-अर्काको भलाइ गर किनभने सबै व्यवस्थाको सार एउटै आज्ञामा छ, “आफैंलाई झैँ आफ्ना छिमेकीलाई प्रेम गर।” तिमीहरू आपसमै जङ्गली पशुझैँ टोक्ने र चिथोर्ने गर्छौ भने होश राख, नत्रता एकले अर्कालाई खतम गर्नेछौ। यसैले म भन्दछु, पवित्र आत्माले भनेअनुसार हिंड र आफ्नो शारीरिक स्वभावको इच्छा पूरा गर्नेछैनौ किनभने शारीरिक स्वभावको इच्छा आत्माको अनि आत्माको इच्छाले शारीरिक स्वभावको विरोध गर्दछ। यी दुवै एक-अर्काका शत्रु हुन् र तिमीहरूले गर्न खोजेका कुरा हुन पाउँदैन। तर तिमीहरू आत्माले भनेझैँ हिंड्छौ भने तिमीहरू व्यवस्थाका अधीनमा छैनौ।