YouVersion Logo
Search Icon

उपदेशक पुस्‍तक परिचय

पुस्‍तक परिचय
यस पुस्‍तकमा उपदेशकका विचारहरू छन्। ती उपदेशले मानव जीवन कति छोटो र नमिल्‍दो छ, त्‍यसमा के, कस्‍ता अन्‍याय र निराशका कुराहरू छन्, तीबारे गहिरा सोच गरेका छन्। मानव जीवन आफ्‍ना हातमा राख्‍नुहुने परमेश्‍वरको रीति तिनले बुझ्‍न सकेनन्। तरै पनि मानिसहरूलाई घोर परिश्रम गर्ने र परमेश्‍वरका वरदानहरू जति र जहिलेसम्‍म पाइन्‍छन्, तिनमा आनन्‍द लिने सल्‍लाह तिनले दिएका छन्।
उपदेशकका धेरै विचारहरू उल्‍टा र निराशाजनक देखिन्‍छन् तर यस पुस्‍तकले बाइबलमा स्‍थान पाएकाले यो बुझाउँछ कि बाइबलमा आधारित विश्‍वास यति ठूलो छ कि त्‍यसभित्र यसमा निराशा र आशङ्काका कुराले पनि ठाउँ पाउन सक्‍दछन्। धेरै मानिसहरूले यस उपदेशकको पुस्‍तकमा जीवनको चित्रण देखेर आफ्‍ना जीवनमा साहस पाएका छन् र जुन बाइबलमा यस्‍ता कुराहरू पाइन्‍छन्, त्‍यही बाइबलले परमेश्‍वरमाथि आशा राख्‍ने शिक्षा दिन्‍छ अनि त्‍यसका शिक्षाले जीवनलाई अझ सार्थक र मूल्‍यवान् बनाउँछ भन्‍ने ज्ञान प्राप्‍त गरेका छन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in