YouVersion Logo
Search Icon

कलस्सी 3:13-15

कलस्सी 3:13-15 सरल नेपाली

तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर। यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्‍याउँछ। ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्। यही शान्‍तिको लागि नै परमेश्‍वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्‍यवादी होओ।