२ यूहन्ना 1:6-9
२ यूहन्ना 1:6-9 सरल नेपाली
प्रेम गर्नु परमेश्वरको आज्ञाअनुसार हिँड्नु हो। तिमीहरू सबैले सुनेका सुरुदेखिको आज्ञा यही हो कि तिमीहरू सबै प्रेममा बस्नुपर्छ। ‘येशू ख्रीष्ट मानिसकै शरीरमा आउनुभएको होइन’ भनेर धेरै भर्माउनेहरू संसारमा चारैतिर पसेका छन्। यस्ता मानिसहरू भर्माउने र ख्रीष्ट विरोधी हुन्। त्यसो हुँदा होशियार बस। खटेर तिमीहरूले जति काम गरेका छौ, त्यसको पाउनुपर्ने इनाम हराउने होइन तर सबै पाउने होओ। ख्रीष्टको शिक्षादेखि बाहिरका अरू कुरातिर लाग्ने मानिससँग परमेश्वर रहनुहुन्न। तर उहाँको शिक्षामा लाग्नेसँग पिता र पुत्र दुवै रहनुहुन्छ।